पोखरा महानगरमा गठबन्धनबाट एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यको अग्रता कायमै

Dhanraj

पोखरा । पोखरा महानगरपालिकाको मतगणनामा गठबन्धनबाट एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले अग्रता बढाएका छन् ।

पोखरामा ६१ हजार १२२ मतगणना हुँदा आचार्यले २५ हजार २२६ मत पाएका छन् । मेयरमै एमाले उम्मेदवार कृष्ण थापाले २२ हजार १९२ मत पाएका छन् । अहिलेसम्म आचार्यले तीन हजार ३४ मतले अग्रता लिएका छन् ।

राप्रपाबाट मेयर उम्मेदवार शंकर खरालले २५ सय ९० मत पाएका छन् भने स्वतन्त्र उम्मेदवारी दिएका खडकराज पौडेलले १४ सय ८० मत पाएका छन् । त्यस्तै उपमेयरमा गठबन्धनबाट कांग्रेसकी कोपिला रानाभाटले २५ हजार ४५९ मत पाएकी छन् ।

नगर प्रमुखमा नै प्रतिस्पर्धा गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले दुई हजार ५९०, अटेरी समूहका गनेस पौडेलले एक हजार ४८०, विवेकशील साझाकी सुशीला केसी (अधिकारी) ले २०७ मत पाएका छन् ।

उपप्रमुख पदमा भने गठबन्धन र एमालेकी उम्मेदवारबीचको प्रतिस्पर्धा रोचक बनेको छ । उपमेयरमा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले २५ हजार ४०४ मत पाएकी छन् ।

अहिले कांग्रेसकी कोपिला रानाभाट ५५ मतको अन्तरले अगाडि रहेकी छिन् । गुरुङलाई सुरुबाटै पछाडि पार्दै आएकी रानाभाटलाई गुरुङले पटक पटक उछिनेकी छिन् । तर रानाभाटले पछिल्लो परिणाममा फेरि अग्रता कायम गरेकी छिन् ।

उपप्रमुख पदमा प्रतिस्पर्धा गरिरहेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रञ्जनाकुमारी सेन पौडेलले दुई हजार ३८५ र विवेकशील साझाका माधव पौडेलले १३५ मत पाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...