६१९ स्थानीय तहको मतपरिणाम सार्वजनिक, सबैभन्दा धेरै पालिका जित्दै काँग्रेस पहिलो स्थानमा

Election result

काठमाडौँ । निर्वाचन आयोगले शुक्रबार बिहानसम्म ६१९ स्थानीय तहको अन्तिम नतिजा घोषणा गरेको छ । जसमा नेपाली काँग्रेसले सबैभन्दा धेरै स्थानीय तह जित्दै पहिलो स्थान हासिल गरेको छ ।

स्थानीय तहमा २०० प्रमुख र ४१९ अध्यक्ष पदको मतपरिणाम घोषणा हुँदा काँग्रेसले प्रमुख ९९ र अध्यक्ष पद १७६ स्थानमा जित हासिल गरेको छ ।

अझै पनि काँग्रेस ३२ प्रमुख पद र ११ अध्यक्ष पदमा अग्रस्थानमै छ । अघिल्लो स्थानीय तहमा दोस्रो दलमा खुम्चिएको काँग्रेस यो पटक बलियो अवस्थामा पुगेको हो । यसैगरी नेकपा एमालेले ५७ प्रमुख र ११३ अध्यक्ष पदमा जित हासिल गर्दा २१ प्रमुख र १० अध्यक्षमा अग्रता कायमै राखेको छ ।

यस्तै तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले २० प्रमुख र ९२ अध्यक्ष पदमा जित हासिल गर्दा अझै पनि ६ प्रमुख र ३ अध्यक्षमा अग्रता बनाएको छ । यस्तै एकीकृत समाजवादी पार्टीले १४ स्थानीय तह, जसपाले १८, लोसपाले ५ स्थानीय तह जित्दा केही साना दल र स्वतन्त्र उम्मेदवारले पनि जित हासिल गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकीकृत समाजवादीबाट फेरिए चार मन्त्री र एक राज्यमन्त्री, जीवनराम र मेटमणिको ‘इन्ट्री’ (सूचिसहित )

New mantri samajwadi

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवा...