लक्की लामा : भेटिएको मतपेटिकामा बराबरी हुँदा गोलाप्रथामा पनि वडाध्यक्षमा विजयी

Samsher lama

महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका वडा नं. ८ का शम्शेरसिंह लामा यस्ता भाग्यमानी बने, जसले जेठ १ गते वडा अध्यक्षमा निर्वाचित भएको विजय उत्सव मनाए । मतदान केन्द्रमा बिहीबार गणना नभएको एउटा मतपेटिका भेटिएयो ।

त्यसमा ८४ वटा मत पत्र थिए । मतपेटिका भेटिएपछि तनावमा रहेका लामा र उनका प्रतिद्धन्द्धी नेकपा एमालेका रुद्र किङरिङको बराबरी मत आयो । र अन्ततः गोला प्रथा गरियो । गोला प्रथामा उनैलामा विजय घोषित भए । जेठ १ गतेमै सो वडाको मतगणना सम्पन्न भएर लामा विजयी भएको घोषणा निर्वाचन आयोगले गरेको थियो ।

मतगणना बाँकी छँदै उनी विजेता घोषणा भएका थिए । र उनले विजय उत्सव समेत मनाइसकेका थिए । मतगणना बाँकी छँदै उनी विजेता घोषणा भएका थिए । र उनले विजय उत्सव समेत मनाइसकेका थिए ।

तर निर्वाचन कार्यालयले एउटा मतपेटिकाको मत गन्न छुटेको भन्दै उक्त मतपेटिकाको मत गणना कार्य अघि बढायो । मतगणनाको क्रममा नेकपा एमालेका रुद्रबहादुर किङगरिया मगर र समसेर सिंह दुवै जनाले बराबरी मत पाए । 

त्यसपछि वडाध्यक्ष विजयी घोषणा गर्न गोला तान्न लगाएको थियो । किङमिङले गोला तान्दा नपरेपछि लामा पुनः विजयी भएको घोषणा गरिएको थियो । लामा भने मतदान गणनास्थलमा उपस्थित थिएनन् । बराबरी मत आएपछि गोलाप्रथा गर्दा अन्ततः समसेर सिंह नै भाग्यमानी ठहरिए र उनको खुशीमा पूर्ण विराम लागेन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...