भरतपुरमा रेणु दाहालको ३२ सयको अग्रता, पछ्याउँदै छन् एमालेका विजय सुवेदी

Renu dahal

भरतपुर । भरतपुर महानगरपालिकामा मत गणना जारी रहँदा मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।

४५ हजार ६० मत गणना गर्दा रेनुले १६ हजार ६८९ मत प्राप्त गरेकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदीले १३ हजार ४१० मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६९१५ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १९ हजार ३१२ मत प्राप्त गरेका छन् भने राप्रपाकी हिमला गुरुङले १० हजार ७७९ मत प्राप्त गरेकी छन् ।

प्रतिकृया दिनुहोस