स्थानीय तहको निर्वाचनको परिणाम सार्वजनिक हुनेक्रम जारी,५५५ पालिकाको मतपरिणाम आउँदा कसले कहाँ जिते ?

Election result

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम सार्वजनिक हुनेक्रम जारी छ। अहिलेसम्म नेपाली कांग्रेसले अग्रता कायम राखेको छ। ५५५ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा कांग्रेस पहिलो स्थानमा छ।

नेपाली कांग्रेस २४८ पालिकामा विजयी भएको छ। कांग्रेसले अहिलेसम्म २३४० पालिका उपप्रमुख जितेको छ। कांग्रेस प्रमुख पदमा ६४ स्थानमा अगाडि छ भने उपप्रमुख पदमा ५६ स्थानमा अगाडि छ।

अघिल्लो चुनावमा पहिलो स्थान हासिल गरेको नेकपा एमाले भने दोस्रो स्थानमा छ। एमालेले १५७ पालिकामा प्रमुख जितेको छ। उपप्रमुखमा भने एमालेले १६६ स्थानमा विजयी भएको छ। एमाले प्रमुख पदमा ४४ र उपप्रमुख पदमा ६८ स्थानीय तहमा अगाडि छ।

नेकपा माओवादी केन्द्र १०२ स्थानको प्रमुखमा विजयी भएको छ भने ११६ स्थानमा उपप्रमुख जितेको छ। माओवादी १३ प्रमुख र ३१ उपप्रमुख पदमा अगाडि छ। 

जनता समाजवादी पार्टी (जसपा)ले प्रमुख पदमा २० स्थानमा जित हात पारेको छ । एकीकृत समाजवादी, राप्रपा, लोसपालयातकाका दलले २८ स्थानमा जित हात पारेका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...