छिन्नलता सम्मान तथा पुरस्कारको घोषणा, विभिन्न साहित्यिक तथा सांगीतिक क्षेत्रका व्यक्तिहरुको नाम छनौट

Kalakar

काठमाडौँ । छिन्नलता गीत पुरस्कार गुठीका अध्यक्ष प्रा.डा.वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारणसभाले २०७६, २०७७ र २०७८ सालका छिन्नलता गीत पुरस्कार तथा सम्मानहरूका लागि विभिन्न साहित्यिक तथा सांगीतिक क्षेत्रका व्यक्तित्वहरूको नाम छनौट गरेको छ ।

यसैगरी, २०७६ सालका लागि छिन्नलता गीत पुरस्कारतर्फ गीत रचना विधामा जसयोञ्जन प्यासी, संगीत रचनातर्फ हरि लम्साल, गायनतर्फ सुनिता सुब्बाको नाम चयन भएको छ । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभा पुरस्कार गायिका अस्मिता अधिकारीले पाउनेछिन् ।

२०७७ सालका लागि गीत रचना विधामा आनन्द अधिकारी, संगीत रचनातर्फ शान्तिराम राई र गायनतर्फ शम्भु राई पुरस्कृत हुने गुठीले जनाएको छ । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभा पुरस्कार मिलन नेवारले पाउने छन् ।

कवि तथा गीतकार वसन्त चौधरीले २०७८ सालका लागि ‘छिन्नलता गीत पुरस्कार’ पाउने भएका छन् । गीत रचनाको विधा तर्फको पुरस्कार तथा सम्मान चर्चित गीतकार चौधरीलाई प्रदान गर्ने छिन्नलता गीत पुरस्कार गुठीले निर्णय गरेको हो । २०७८ सालको छिन्नलता पुरस्कार पाउनेमा गीतकार चौधरीसहित संगीत रचनातर्फ आनन्द राई र गायनतर्फ पवित्र सुब्बा रहेका छन् । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभाको पुरस्कार गायिका एलिना चौहानले पाउने छिन् भने विशेष सम्मान वरिष्ठ संगीतकार कर्म योञ्जनलाई गरिने गुठीले जनाएको छ ।

पुरस्कारहरूको वितरण २०७९ असार २६ गतेका दिन विशेष समारोहबीच गरिनेछ । सो दिन गुठीका संस्थापिका तथा गीतकार स्व. रमोलादेवी शाह ‘छिन्नलता’ को जन्ममिति पनि हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...