आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो रहेको छ कार्यसूचि !

Samsad bhawan final

काठमाडौँ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजेका लागि तय गरिएको छ । प्रतिनिधिसभाको ११औँ अधिवेशनको तेस्रो र राष्ट्रियसभाको १२औँ अधिवेशनको तेस्रो बैठक बस्न लागेको हो । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९र०७० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ९कर प्रस्तावबाहेक०माथि छलफल जारी रहनेछ । संसद्मा हिजोदेखि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल भइरहेको छ ।

यस्तै, राष्ट्रियसभाको बैठकमा पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

 

प्रतिकृया दिनुहोस