आगामी आर्थिक वर्षको प्रस्तावित बजेटमाथि आजदेखि छलफल शुरु हुँदै

Samsad bhawan final

काठमाडौं : प्रतिनिधिसभाको बैठकमा आजदेखि आगामी आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको प्रस्तावमाथि छलफल शुरु हुँदैछ । हिजो मंगलबारदेखि शुरू भएको संसदको ११ औँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव पेश गरेका थिए ।

उक्त प्रस्तावमाथि आज र भोलि संसद बैठकमा छलफल हुने छ । उक्त प्रयोजनका लागि आज दिउँसो १ बजेका लागि संसदको बैठक बोलाइएको छ । यही जेठ १५ गते आगामी आर्थिक वर्षको आयव्यय (बजेट) प्रस्तुत गर्नुपर्ने संवैधानिक बाध्यता छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...