देशका ११ वटै उपमहानगरपालिकामा मतगणना जारी, को अगाडि, को पछि ?

Matganana update

काठमाडौं । देशका ११ वटै उपमहानगरपालिकामा अहिले मतगणना जारी रहेको छ । प्राप्त पछिल्लो मत परिणाम अनुसार सत्तारुढ गठबन्धनका उम्मेदवारले ६ ठाउँमा अग्रता लिएका छन् । एमालेले ३ वटा उपमहानगरमा अग्रता बनाउदा दुई ठाउँमा स्वतन्त्र उम्मेदवार अगाडि रहेका छन् । उपमहानगरपालिकाहरू मध्ये हेटौंडामा एकीकृत समाजवादीकी मीना लामाले ९ हजार ३७५ मत प्राप्त गरेका छन् ।

राप्रपाका दिपक सिंह ९ हजार ११३ मतसहित दोस्रो स्थानमा रहदा एमालेका अनन्त पौडेलले ७ हजार ९५५ मत प्राप्त गरेका छन् । सुनसरीको इटहरीमा कांग्रेसका हेमकर्ण पौडेलले ११ हजार ३०० मत ल्याउँदा एमालेका यामकुमार सुब्बाले ९ हजार १४४मत प्राप्त गरेका छन्  । सुनसरीकै धरानमा कांग्रेसका किशोर राई ६ हजार २७१ मतका साथ अग्र स्थानमा रहदा स्वतनत्र उम्मेदवार हर्कराज राई ५ हजार ६३१ मतसहित दोस्रो नम्बरमा छन्  ।

कैलालीको धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल ९ हजार ३० मतका साथ शीर्ष स्थानमा रहदा कांग्रेसका नृप वड ४ हजार ३८६ मतका साथ दोस्रो स्थानमा छन् । बाँकेको नेपालगञ्जमा कांग्रेसका प्रशान्त विष्टले १३ हजार ५४७ मतका साथ अग्रता लिंदा एमालेका पशुपती दयाल मिश्र ६ हजार ३९७ मतका साथ दोस्रो स्थानमा छन्  ।

बाराको कलैयामा एमालेका विनोदप्रसाद साह ९ हजार ८०३ मतका साथ अग्र स्थानमा छन्  भने कांग्रेसका राजेश राय यादव ६ हजार ४४५ मतका साथ दोस्रो स्थानमा छन्  । बाराकै जितपुर सिमरामा माओवादीका राजन पौडेल १४ हजार ३२९ मतका साथ अग्र स्थानमा रहँदा एमालेकी सरस्वतीदेवी चौधरी १३ हजार ५६० मतसहित दोस्रो स्थानमा छन् ।

रुपन्देहीको बुटवलमा कांग्रेसका खेलराज पाण्डेले १३ हजार ६३० मत ल्याउँदा एमालेका बाबुराम भट्टराई ९ हजार ८० मतसहित दोस्रोमा छन्  । दाङको घोराहीमा एमालेका नरुलाल चौधरीले २३ हजार ९९८ मत ल्याउँदा माओवादीका हेमराज शर्मा १९ हजार ५६० मतसहित दोस्रो स्थानमा छन्  । दाङकै तुलसीपुर उपमहानगरपालिकामा पनि हिजोबाट मतगणना सुरु भएको छ । त्यहाँ एमालेका टिकाराम खड्काले २ सय २ मतसहित अग्रता लिंदा कांग्रेसका गेहेन्द्र गिरीले १८७ मत ल्याएका छन् ।

यसैगरि धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोकुमार साह सुडी ३ हजार ५१० मतसहित पहिलो स्थानमा रहदा एमालेका शिवशंकर साह १ हजार ५११ मतसहित दोस्रो स्थानमा  छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...