प्रतिनिधिसभामा ८ वटा अध्यादेश पेश, अर्को बैठक भोली बस्ने

Samsad bhawan final

काठमाडौँ । मंगलबारबाट शुरु भएको प्रतिनिधिसभाको ११ औं अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा विभिन्न ८ वटा अध्यादेश पेश भएका हुन् । प्रतिनिधिसभामा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र नेपाल प्रहरीका कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय (पहिलो संशोधन) अध्यादेश २०७८, सामाजिक सुरक्षा ९पहिलो संशोधन० अध्यादेश २०७८ र तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ पेश गरे ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रेल्वे अध्यादेश २०७८ पेश गरे। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले औषधि (तेस्रो संशोधन) अध्यादेश २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ९पहिलो संशोधन० अध्यादेश २०७९ पेश गरेका छन् ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र यौन हिंसाविरुद्धका ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पेश गरे। अधिवेशनमा भएको विश्रामपछि संसद् सञ्चालनमा ल्याउँदा पहिलो बैठकमा अध्यादेशहरू पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल (गौतम)ले प्रतिनिधिसभा नियमावली २०७५ को नियम २५० को उपनियम १ बमोजिम उक्त नियमावलीको नियम ४२ को उपनियम ४ लाई तत्कालका लागि निलम्वन गरियोस् भनि प्रश्ताव पेश गरिन् । उक्त प्रस्ताव सदनमा बहुमतका साथ पास भएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

नियम निलम्बनको प्रस्तावमा जेठ ४ गते प्रतिनिधिसभामा छलफल हुने सभामुख सापकोटाले बताए । प्रतिनिधिसभाको अर्को बैठक बुधवार दिउँसो १ बजे बस्नेछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...