काठमाडौंमा २८ हजार मत गन्दा बालेन्द्र शाहले पाए ११ हजार १३ मत

Balen lauro

काठमाडौ । काठमाडौँ महानगरपालिकाको प्रमुखका लागि २७ हजार ७३४ मत गन्दा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ११ हजार १३ मत प्राप्त गरेका छन्। उनलाई ५ हजार ९५६ मतसहित नेकपा एमालेका उम्मेदवार केशव स्थापित ५ हजार ९५६ मतका साथ पछ्याइरहेका छन्।

तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहको मत ५ हजार २११ रहेको छ।
काठमाडौँमा अहिले ३, ४, ५, ६, ३०, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ। वडा नम्बर १ र २ को मतगणना सम्पन्न भइसकेको छ।

काठमाडौँ–१ मा एमालेका भारतलाल श्रेष्ठ र २ मा एमालेकै राजेन्द्रकुमार श्रेष्ठ वडाध्यक्षमा विजयी भइसकेका छन्।

 

प्रतिकृया दिनुहोस