देशभरका उपमहानगरपालिकाहरुमा गठबन्धन दल नै अगाडि, पछिल्लो अपडेट के छ ?

Mat ganana 2

काठमाडौँ । अहिले देशभरका स्थानीय तहमा भएको निर्वाचनको मतगणनाको क्रम चलिरहेको छ। जसमध्ये धेरैजसो स्थानमा कांग्रेसले जित हात पारेको छ। नेकपा एमालेले कांग्रेसलाई पछ्याइरहेको अवस्था छ। देशभरका ​११ उपमहानगरपालिकामा पनि अहिले मतगणना जारी छ। उपमहानगरपालिकाहरुमा गठबन्धन दल नै अगाडि छन्। एमाले र स्वतन्त्र उम्मेदवारको पनि अग्रता छ।


११ उपमहानगरको पछिल्लो मत परिणाम

धनगढी
धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रतालाई बढाउँदै लगेका छन्। १४ हजार ७३६ गणना सकिँदा हमालले ६ हजार ५९६ मत प्राप्त गरेका छन्। सत्तारुढ गठबन्धनबाट काँग्रेसका नृपबहादुर वडले ३ हजार ३५४ मत प्राप्त गरेका छन्। नेकपा एमालेका रणबहादुर चन्दले १ हजार ६७४ मत पाएका छन्। धनगढीको उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारी अघि छन्। उनले २ हजार ९४० मत ल्याएर आफ्नो अग्रता कायम राखेकी छन्। एमालेकी कन्द्रकला रानाले २ हवार ८४५ मत ल्याएर अधिकारीलाई पछ्याइरहेकी छन्।

नेपालगञ्ज
नेपालगञ्ज उपमहानगरको प्रमुखमा कांग्रेसका प्रशान्त विष्टले अग्रता लिएका छन्। पछिल्लो मत परिणामअनुसार उनले ८ हजार ३४० मत पाएका छन्। एमालेका पशुपति दयाल मिश्राले ४ हजार ३७७ मत प्राप्त गरेका छन्। उपप्रमुखमा जनता समाजवादीका कमरुद्दिन राईले ६ हजार ७८८ मत ल्याएका छन्। राप्रपाकी बिन्दु घर्तीमगरले ४ हजार ३६१ मत पाएकी छिन्।

घोराही
दाङको घोराही उपमहानगर प्रमुखमा एमालेका नरुलाल चौधरीले १५ हजार ३५ मतका साथ अग्रता लिइरहेका छन्। उनलाई माओवादी केन्द्रका हेमराज शर्मा पोखरेलले १३ हजार १२५ मतका साथ पछ्याइरहेका छन्। उपप्रमुखमा एमालेकी हुमाकुमारी डिसीले अग्रता लिएकी छिन्। उनले अहिलेसम्म १४ हजार ६१९ मत पाएकी छिन्। नेपाली कांग्रेसका भुपबहादुर डाँगी क्षेत्रीले १४ हजार ३५३ मतका साथ उनलाई पछ्याइरहेका छन्।

कलैया
कलैया उपमहानगरको प्रमुखमा एमालेका विनोदप्रसाद साहले अग्रता लिएका छन्। उनले ७ हजार २२ मत पाएका छन् भने कांग्रेसका राजेश राय यादवले ४ हजार १९८ मत पाएका छन्। उपप्रमुखमा जनता समाजवादी पार्टीका प्रमोद प्रसाद गुप्ताले ५ हजार ४५० मतका साथ अग्रता लिएका छन्। उनलाई एमालेका रोशन परविनले ४ हजार ५५८ मतसहित पछ्याइरहेका छन्।

हेटौंडा

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा राप्रपाले अग्रता लिएको छ। २२ हजार ८ सय ५० मतगणना हुँदा नेकपा एकीकृत समाजवादीलाई १ सय ९८ मतले पछि पारेको हो। राप्रपाका दीपक बहादुर सिंहले ८ हजार २ सय ६५ मत ल्याएर अगाडि छन्। गठबन्धनबाट उम्मेदवार एकीकृत समाजवादीकी मीना कुमारी लामाले ८ हजार ६७ मत ल्याएकी छन्।​​​ यस्तै कमल थापा नेतृत्वको राप्रपा नेपालको समर्थन रहेको नेकपा एमालेका उम्मेदवार अनन्त पौडेल ६ हजार ५ सय २१ मत सहित तेस्रो स्थानमा छन्। उपमेयरतर्फ गठबन्धनका उम्मेदवार कांग्रेसका राजेश बानियाँले मतान्तर फराकिलो बनाउँदै लगेका छन्। बानियाँको ११ हजार ७ सय ११ मत छ। निकटतम प्रतिद्वन्द्वी एमालेकी सुमित्रा काफ्लेको ८ हजार ३३ मत छ। राप्रपाकी इन्दिरा न्यौपानेको १ हजार १० मत मात्रै छ। नेकपा एमालेको किल्ला रुपमा चर्चामा रहेको हेटौंडा उपमहानगर यस पटक भने प्रतिस्पर्धामा कमजोर देखिएको छ।

धरान
धरान उपमहानगरको प्रमुखमा कांग्रेसका किशोर राईले अग्रता लिएका छन्। उनले अहिलेसम्म ४ हजार १५६ मत पाएका छन्। एमालेकी मञ्जु भण्डारी सुवेदीले ३ हजार ४५६ मतका साथ उनलाई पछ्याइरहेकी छिन्। उपप्रमुखमा माओवादीका अइन्द्रविक्रम बेघा ४ हजार ६२७ मतका साथ अग्रस्थानमा छन्। एमालेका पदमप्रसाद लिम्बुले ४ हजार १३० मतका साथ उनलाई पछ्याइरहेका छन्।

तुलसीपुर
तुलसीपुर उपमहानगरमा आजदेखि मतगणना सुरु हुने भएको छ। वडा नम्बर १७ नेकपा एमालेका अध्यक्षका उम्मेदवार लबरु चौधरीको निधन भएपछि मतदान स्थगित भएको थियो। सोही वडा अध्यक्षमा लबरु चौधरीका छोरा प्रदीप चौधरी उम्मेदवार हुने निधो भएपछि मंगलबार मतदान हुने तय भएको थियो। सोहीअनुसार आज मतदान सकिएपछि मात्र उपमहानगरको मतगणना सुरु हुनेछ।

जितपुरसिमरा
जितपुर सिमरा उपमहानगरको प्रमुखमा माओवादीका राजन पौडेलले १० हजार ३१ मतका साथ अग्रता लिइरहेका छन्। उनलाई एमालेकी सरस्वतदेवी चौधरीले ७ हजार ६३० मतका साथ पछ्याइरहेकी छिन्। उपप्रमुखमा कांग्रेसका मेघा शाही ८ हजार ३३९ मतका साग अगाडि छिन्। उनलाई एमालेका भोलाप्रसाद अधिकारीले ७ हजार ६७० मतका साथ पछ्याइरहेका छन्।

बुटवल
बुटवल उपमहानगरको प्रमुखमा कांग्रेसका खेलराज पाण्डेयले ८ हजार ९२६ मतसहित अग्रता लिइरहेका छन्। उनलाई एमालेका बाबुराम भट्टराईले ५ हजार ९८० मतका साथ पछ्याइरहेका छन्। उपप्रमुखमा एमालेकी सावित्रादेवी अर्याल ६ हजार ६२८ मतका साग अगाडि छिन्। एकीकृत समाजवादीका चीन बहादुर गुरुङले ५ हजार ४८ मत पाएका छन्।

इटहरी
इटहरी उपमहानगरको प्रमुखमा कांग्रेसका हेमकर्ण पौडेलले ८ हजार २३४ मतका साथ अग्रता लिइरहेका छन्। उनलाई एमालेका यामकुमार चुङवाङ सुब्बाले ६ हजार ८१० मतसहित पछ्याइरहेका छन्। उपप्रमुखमा एमालेकी संगीता कुमारी चौधरीले ७ हजार ५६४ मतका साथ अग्रता लिएकी छिन्। एकीकृत समाजवादीका केशवकुमार विष्टले ५ हजार १०४ मतसहित उनलाई पछ्याइरहेका छन्।

जनकपुरधाम
जनकपुरधाम उपमहानगरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार सुडीले २ हजार ९०२ मतसहित अग्रता लिएका छन्। एमालेका शिवशंकर साहले १ हजार १८८ मतसहित उनलाई पछ्याइरहेका छन्। उपप्रमुखमा कांग्रेसका किशोरी साहले २ हजार ९६६ मत पाएका छन्। उनलाई एमालेकी रुणदेवी झाले पछ्याइरहेकी छिन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

टार्गेट मंसिर ४ गते : इमान कमाउने बाउ, सधैं ब्याज खाने छोरो !

Sunil thapa

धनकुटा । आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन घोषणा भएसँगै चुनावी जोड घटाउको रा...