उदयपुरको उदयपुरगढी गाउँपालिकाबाट एकीकृत समाजवादीलाई जितको सुरुवात

Udayapur yes jit

उदयपुर । नेकपा (एकीकृत समाजवादी) ले उदयपुरबाट स्थानीय तहको निर्वाचनमा आफ्नो विजयी यात्रा सुरु गरेको छ ।

एकीकृत समाजवादीको पालिकामा यो पहिलो जित हो । यसअघि दुई पालिकामा निर्विरोध निर्वाचित भएका थिए । निर्वाचन भएपछि भने एकीकृत समाजवादीको यो पहिलो जित हो ।

उदयपुरको उदयपुरगढी गाउँपालिका प्रमुखमा एकीकृत समाजवादीका उम्मेदवार मान वहादुर केप्छाकी मगर विजयी भएका छन् । उनी ४९४२ मत ल्याएर विजयी भएका हुन् ।

मगरसँग मुख्य प्रतिस्पर्धा नेकपा एमालेका गोपाल बहादुर खत्रीसँग भएको थियो । खत्रीले ४ हजार १ सय १४ मत ल्याए। उनीहरुबीच ८ सय २८ मतको अन्तर रहेको छ।

उदयपुरगढीको उपप्रमुखमा भने नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार जित बहादुर खड्काले ४६४८ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेकी शोभा कुमारी मगर ३ हजार ८ सय ३८ मत प्राप्त गरेकी छिन् ।

८ वटा वडा रहेको उदयपुरगढीमा २० हजार २ सय ५२ मतदाता रहेका छन ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, राष्ट्रपतिद्धारा शुभकामना व्यक्त

Jatiya cuwacut diwas

काठमाडौं । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०६३...