पोखरा महानगरमा गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै

Pokhara

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् ।जारी मतगणनामा आठ हजार ६९३ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा एकीकृत समाजवादी०का धनराज आचार्यले तीन हजार ४६५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेकपा एमालेका प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले तीन हजार १०८ मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले ३५७ मतले अग्रता हासिल गरेका हुन् । उपप्रमुखमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार कोपिला रानाभाट तीन हजार ६०० मतसहित अघि  छन्  भने एमालेकी मञ्जुदेबी गुरुङले तीन हजार ५७५ मतसहित उनलाई पछ्याएकी छन् ।

महानगरको वडा नं १ मा एमालेले विजय भएको छ । वडा नं १ मा एमालेका वडाअध्यक्ष पदका उम्मेदवार साहारा प्रधानले एक हजार १४५ मत ल्याई विजय भए भने उनका प्रतिस्पर्धी काँग्रेसका वडाध्यक्षका उम्मेदवार सीता गुरुङले एक हजार १०४ मत ल्याए ।

वडा नं २ मा काँग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार दिवशमान प्रधानाङ्ग एक हजार ८१९ मतसहित विजय भए भने उनका प्रतिस्पर्धी एमालेका दीपक शाहीले एक हजार ७९२ मत प्राप्त गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...