देशैभरका ११ मध्ये १० उपमहानगरमा मतगणना जारी, कसले बनाउदैछ अग्रता ?

Matgadanaaa

काठमाडौँ । देशैभरका ११ मध्ये १० उपमहानगरमा धमाधम मत गणना जारी छ । तुलसीपुर उपमहानगरपालिकाको १७ नम्बर वडामा निर्वाचन हुन बाँकी भएकाले १० उपमहानगरमा मत गणना जारी छ । धनगढी, इटहरी र कलैया उपमहानगरमा भर्खरै मत गणना सुरु भएकाले नतिजा बाहिर आइसकेको छैन। नतिजा आएका सात उपमहानगरमा यस्तो देखिएको छ । दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनले अग्रता लिएको छ। अहिलेसम्मको मत गणनामा गठबन्धन तर्फबाट मेयरमा माओवादी केन्द्रका हेमराज शर्माले १७२ मत एमालेका नरुलाल चौधरीको १४५ मत प्राप्त गरेका छन्।
यस्तै गठबन्धन तर्फबाट उपमेयरमा नेपाली काँग्रेसका भूपबहादुर डाँगीले १८० मत र एमालेकी हुमा डिसीले १४० मत ल्याएकी छिन्। घोराहीको पुरानो बस पार्कको सिटी हलमा १४ र १९ वडाको मत गणना भई रहेको छ।
बुटवल उपमहानगरमा कुल १ हजार १ सय मत गणना गर्दा गठबन्धनबाट मेयरमा काँग्रेसले अग्रता लिएको छ। काँग्रेसका उम्मेदवार खेलराज पाण्डेले ४५५ मत ल्याएर अग्रता कायम राखेका छन्। राप्रपाका मेयरका उम्मेदवार मृगेन्द्र शेरचनले २३६ मत र एमालेका बाबुराम भट्टराईले १७९ मत ल्याएका छन्।
प्रमुखमा राप्रपाकी भगवती पाण्डेले २६३ मत, एमालेकी सावित्रा अर्यालले २१५ मत र एकीकृत समाजवादीका चीनबहादुर गुरुङले १८२ मत प्राप्त गरेका छन् ।
हेटौडा उपमहानगरमा कुल ९०४ मत गणना गर्दा एकीकृत समाजवादीले अग्रता लिएको छ। मेयरमा एकीकृत समाजवादीकी मिनाकुमारी लामाले २८३ मत ल्याएकी छिन भने एमालेबाट अनन्त पौडेलले २७३ मत ल्याएका छन्। उपमेयरमा एमालेका उम्मेदवार सुमित्रा काफ्ले ३१९ मत ल्याउँदा गठबन्धनबाट काँग्रेसका उम्मेदवार राजेश बानियाँले ४१८ मत ल्याएका छन् ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा नगर प्रमुखका उम्मेदवार प्रशान्त विष्टले प्रारम्भिक अग्रता लिएका छन् । १९८ मत गन्दा नगर प्रमुखका उम्मेदवार विष्टले ७९ मत, एमालेका पशुपति दयाल मिश्रले २६ मत र राप्रपाका नन्दलाल वैश्यले ५ मत पाएका छन् । यस्तै उपप्रमुखमा जसपाका कमरुद्दिन राईले ६८ मत, एमालेकी शान्तिदेवी ढकालले २६ मत र राप्रपाकी बिन्दु चर्तीमगरले ७ मत पाएकी छिन् । अहिले वडा नम्बर २३ को मतगणना भइरहेको छ ।
जनकपुर उपमहानगरपालिकामा काँग्रेसबाट बागी उठेका मनोज साहले अग्रता लिएका छन्। कुल ५ सय मत गणना हुँदा साहले १७२ मत ल्याएका छन्। एमालेका शिवशङ्कर साहले ५७ मत ल्याएका छन्। गठबन्धनका उम्मेदवार जसपाका लालकिशोर साह ३२ मत ल्याएका छन्।
जितपुर सिमरा उपमहानगर गठबन्धनबाट मेयरमा माओवादीका राजन पौडेलको ५६९ मत,लोसपा सञ्जय साह ५६८ मत, एमाले सरस्वतीदेवी चौधरी २७७ मत ल्याएकी छिन् । यस्तै गठबन्धनबाट उपमेयरमा काँग्रेसकी मेगा शाह ६०२ मत,लोसपा बिपी मोक्तान ५६६ मत र एमालेका भोलाप्रसाद अधिकारी २७५ मत ल्याएका छन्।
धरान उपमहानगरमा कुल २ सय मत गणना हुँदा गठबन्धनबाट मेयरमा काँग्रेसका किशोर राईले ७१ मत ल्याएका छन्। एमालेका मञ्जु भण्डारीले ३६ मत,स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ५८ मत ल्याएका छन्। यस्तै गठबन्धनबाट उपमेयरमा माओवादीका इन्द्र बेघाले ७६मत र एमालेका पदम लिम्बुले ४४ मत ल्याएका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...