विराटनगर महागरपालिकामा कांग्रेसको अग्रता

Brt mat

मोरङ। प्रदेश नं १ को एकमात्र महानगरपालिकाको रुपमा रहेको विराटनगर महानगरपालिकाको मेयर पदमा सत्ता गठवन्धनका नागेश कोइरालाले कांग्रेसले अग्रता लिएका छन् । कांग्रेसबाट मेयर पदका उम्मेदवार कोइरालाले २ सय ६९ मत ल्याएर पहिलो स्थानमा छन् । नेकपा एमालेका मेयर पदका उमेदवार सागरकुमार थापाले १ सय ८१ मत ल्याएर दोस्रो स्थानमा छन् ।

त्यसैगरी मेयर पदमा स्वतन्त्र उमेदवारी दिएर चर्चामा रहेका उमेशकुमार यादवले ७० मत ल्याएर तेस्रो स्थानमा छन् । उपमेयरमा भने नेकपा एमालेकी शिल्पा कार्कीले २ सय २६ मत ल्याएर अग्रस्थानमा छिन् । दोस्रोमा स्थानमा रहेका जनता समाजवादीका अमेरन्द्र यादवले १ सय ५२ मत प्राप्त गरेका छन् ।

शनिबार बिहान ८ बजेदेखि सुरु गर्ने भनिएको मतगणना विहानैदेखि परेको वर्षाका कारण ढिला सुरु भएको हो । एक लाख ३३ हजार १४२ मतदाता रहेको विराटनगर महानगरमा ८९ हजार ६७८ मत खसेको थियो । पहिलो चरणमा मतगणनाका लागी महानगरपालिकाको १८ नम्बर वडाको मतपेटिका खोलिएको छ । मतगणनाका लागी पहिलो चरणमा वडा नम्बर १, २, १६, १७, १८ र १९ को गणना सुरु गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...