धनकुटाको सहिदभुमीमा एमालेको दादागिरी, फर्जी मत खसाउन खोज्दा मतदान स्थगित

Sthaniya nirbachan

धनकुटा । धनकुटाको शहिदभूमि गाउँपालिकाको एउटा वडामा मतदान प्रक्रिया शनिश्चित कालका लागि थगित भएको छ ।

गाउँपालिकाको वडा नं. ६ स्थित थलथलेस्थित ठाकुरदेवी माविमा रहेको मतदान केन्द्रमा नेकपा एमाले तर्फबाट वडाध्यक्षका उम्मेदवार हेमकुमार राईले सत्ता गठबन्धनका एजेन्टहरुलाई हातपात गरेपछि सामान्य झडप भएको थियो ।

विहान करिव साँढे १० बजेतिर एकै व्यक्तिले धेरै जनाको मत खसाल्ने प्रयास गरेपछि सत्ता गठठबन्धनका एजेन्टहरुले विरोध जनाएका थिए । सोही बेला वडा अध्यक्षका उम्मेदवार राईले सत्ता गठबन्धनका एजेन्टहरुरामप्रसाद राई र गणेश राईलाई हातपात गरेका थिए ।

सोही विषयमा भएको विवाद मिलाउन नसक्दा सो केन्द्रको मतदान प्रक्रिया नै अनिश्चित कालका लागि स्थगित भएको छ । कुल २ हजार ५ सय १३ मतदाता रहेकोमा ८१२ मत खसेपछि नेकपा एमालेका उम्मेदवारले फर्जी मत खसालेको सत्ता गठबन्धनको आरोप छ ।

शुक्रबार बिहान साँढे १० बजेदेखि नै स्थगित भएको मतदान प्रक्रिया पुनः सुचारु गर्ने सवालमा भएको सर्वदलीय बैठकमा सहमति जुट्न नसकेपछि अर्काे मिति तोक्नेगरी मतदान स्थगित धनकुटाका मुख्य निर्वाचन अधिकृत फणिन्द्र पराजुलीले बताए ।

सो सर्वपक्षीय बैठकमा मतदान सुचारु गर्ने विषयमा छलफल गरिए पनि सत्ता गठबन्धनले पुनः मतादन गरिनुपर्ने अडान लिएका थिए । सो मतदान केन्द्र नेकपा एमालेका तफृबाट गाउँपालिका अध्यक्ष मनोज राईको वडा हो । सो गाउँपालिकामा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का जितबहादुर राई (जेवी) र मनोज राईबीच तीव्र प्रतिष्पर्धा छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...