धनकुटाको थलथले मतदान केन्द्रमा झडप भएपछि मतदान स्थगित, पुन: मतदानको माग गर्दै नाराबाजी

Sthaniya nirwachan

धनकुटा । धनकुटाको शहिदभूमि गाउँपालिका वडा नं ६ स्थित थलथले मतदान केन्द्रमा मतदान स्थगित भएको छ । वडा नं ६ का वडाध्यक्षका उम्मेदवार हिमकुमार राई र गठबन्धनका एजेन्टहरुबिच झडप भएपछि मतदान स्थगित भएको हो ।

निवर्तमान वडाध्यक्ष समेत रहेका राईले गठबन्धनमाथि पेस्तोल समेत देखाएपछि स्थिती तनाबग्रस्त भएको प्रत्यक्षदर्शी बताउँछन् । सो मतदानस्थलमा फर्जी मत खसालेको आरोप रहेको छ भने गठबन्धनले मतदान अधिकृतको खारेजीको माग गरेका छन् ।

मतदान स्थगित भएको करिब १ घण्टा बिीसक्दा समेत पुन: मतदान सुरु हुन नसकेपछि पुनः मतदानको माग गर्दै नाराबाजी भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...