निमावि शिक्षकको नतिजा सार्वजनिक, २१ हजार उत्तीर्ण

Tsc aayog

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगिता अन्तर्गत लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

परीक्षामा २० हजार ९ सय ८२ जना उत्तीर्ण भएका आयोगले जनाएको छ। प्रदेश १ बाट १९ हजार २० परीक्षामा सहभागी भएकामा ५ हजार १ सय ८२ जना उत्तीर्ण भएका छन् ।

त्यसैगरी मधेस प्रदेशबाट सहभागी पाँच हजार ८ सय ५३ जनामध्येबाट १ हजार ११ जना उत्तीर्ण भएका छन् । बागमती प्रदेशबाट परीक्षामा सहभागी ११ हजार ५ सय २६ मध्येबाट ३ हजार ५ सय ७७ जना उत्तीर्ण भएका आयोगले जनाएको छ ।

गण्डकी प्रदेशबाट १४ हजार दुई सय ६ सहभागीमध्ये ४ हजार ३ सय ४१ जना उत्तीर्ण भएका छन् भने कर्णालीमा ४ हजार ७ सय ८८ ले परीक्षा दिएकोमा १ हजार ६९ जना उत्तीर्ण भएका छन् ।

लुम्बिनी प्रदेशबाट परीक्षामा सहभागी ११ हजार ८ सय ४४ मध्येबाट ३ हजार ३ सय ६१ जना उत्तीर्ण भएका छन् भने सुदूरपश्चिम प्रदेशबाट परीक्षामा सहभागी ६ हजार ६ सय ६९ मध्येबाट दुई हजार ४ सय ४१ जना उत्तीर्ण भएका आयोगले जनाएको छ ।

लिखितमा उत्तीर्ण भएकाहरूको विषयगत परीक्षा असार ११ गते हुने आयोगले जनाएको छ । आयोगले २०७८ चैत १७ गते परीक्षा लिएका थियो । परीक्षाको नतिजामा चित्त नबुझेमा पुनर्योगको लागि आगामी जेठ २ गतेभित्र शिक्षक सेवा आयोग सानोठिमी वा परीक्षा दिएकै प्रदेश राजधानी रहेको शिक्षा विकास तथा समन्वय इकाइमा निवेदन दिन सकिने आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...