धनकुटा पाख्रिबासमा इभी हाइस गाडी दुर्घटना हुँदा ७ जना घाइते

Evi accident

धनकुटा । धनकुटामा इभी हाइस गाडी दुर्घटना भएको छ ।

धनकुटाको पाख्रिबास नगरपालिका ५ देबीथानमा आज भोजपुरबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१–ज–४६२९ नम्बरको ईभी हाईस गाडी अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परेको सो इभी हाईसमा जम्मा १६ जना यात्रु सवार थिए ।

घाइते हुनेमा भोजपुर जिल्ला रामप्रसाद राई गाउँपालिका –१ बस्ने अन्दाजी ६५ वर्षीय बीरमाया तामाङ, भोजपुर टेम्केमैयुङ गाउँपालिका ७ का २९ वर्षीय बेगना चेम्जोङ, वडा ।७ बस्ने ३६ वर्षीय तपिराज राई, झापा बिर्तामोड नगरपालिका–७ बस्ने ८५ वर्षीय कृष्ण बहादुर राई, संखुवासभा चैनपुर –२ बस्ने २७ वर्षीय रमेश कार्की, भोजपुर रामप्रसाद राई गाउँपालिका –१ बस्ने ३६ वर्षीय किशोर तामाङ र भोजपुर ७ बस्ने ४८ वर्षीय प्रबिनकुमार सुवाल रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

घाइते मध्ये बीरमाया तामाङ, बेगना चेम्जोङ, कृष्ण बहादुर राई र तपिराज राईलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र अन्यको पाख्रीबास आधारभूत अस्पताल पाख्रीबासमा उपचारपछि डिस्चार्ज गरिएको छ ।

दुर्घटनापछि फरार रहेका चालक धनकुटा महालक्ष्मी ९ बस्ने ३६ वर्षीय प्रकाश भण्डारीलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...