कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ ।

सहिदभूमि गाउँपालिका १ सिम्लेमा समाजसेवी गणेश नाइका राईको अध्यक्षतामा भएको भेलाले ७१ सदस्यीय कोशी उच्च बाँध पीडित संघर्ष समिति सर्वसम्मत चयन गरेको हो ।

सो भेलाले सहिदभुमी २ का असिम राईलाई सर्वसम्मत अध्यक्ष पदमा चयन गर्दै कोशी उच्च बाँधको निर्माणको विरोध गर्ने भएको छ । सो संघर्ष समितिमा उपाध्यक्षमा उदयपुरका लोकेन्द्र राई, सचिवमा सहिदभूमी १ धनकुटाका छत्रप्रसाद राई, सह–सचिवमा साँगुरीगढी गाउँपालिकाका अजित राई र कोषाध्यक्षमा सहिदभूमि १ का चन्द्रकला राई सर्वसम्मत चयन गरिएको छ ।

उक्त भेलमा धनकुटा, भोजपुर र उदयपुरका गरी जम्मा २ सयको संख्यामा कोशी उच्च बाँध पीडितहरुको सहभागिता रहेको थियो । साथै आगामी दिनहरुमा अन्य जिल्लाका कोशी उच्च बाँध पीडितहरुलाई निरन्तर समेट्दै लाने र संघर्षका थप कार्यक्रमहरु आयोजना गर्दै जाने निर्वाचित अध्यक्ष असिम राईले बताए ।

सो भेलामा सप्तकोशी जनअधिकार मञ्चका केन्द्रीय अध्यक्ष बलबहादुर राईले कोशी उच्च बाँध निर्माण नेपाल र नेपालीहरुको हितमा नभएको र यो विषयमा २०६० सालदेखि आवाज उठाउँदै आएको बताए । देशको राजनीतिक अस्थिरताका कारणबाट विगतदेखि हालसम्मै विदेशी शक्ति सम्पन्न राष्ट्रहरुले नेपालको जल, जमिन र जंगलमा हस्तक्षेपकारी नीति र हेपाहा प्रवृत्ति हाबी हुँदै आएको राईले बताए ।

भेलामा हतुवागढी गाउँपालिका ९ का वडा अध्यक्ष एवं कोशी उच्च बाँध पीडितहरु संजोग राई, अरुण गाउँपालिका ६ भोजपुरका चुुडामणि दाहाल, महालक्ष्मी नगरपालिका ५ धनकुटाका दुर्गाप्रसाद पुरी, हतुवागढी गाउँपालिका ९ का साइमान राई, सहिदभूमि गाउँपालिका २ का बल्लरसिंह राई लगायतकाले कोशी उच्च बाँधका कारण हजारौको उठिबास हुने भएकोले बाँध बन्न नहुुने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...