सरकारमा बसेर बाँडीचुडी खान काङ्ग्रेस र माओवादीले गठबन्धन गरे: अध्यक्ष ओली

Oli

इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसंग एक्लै चुनाव लड्न नसकेर सत्तारुढ ५ दलले गठबन्धन गरेको बताएका छन् । आज इटहरी उपमहानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सरकारमा बाँडीचुडी खान नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलले गठबन्धन गरेको टिप्पणी गरेका छन् ।

उनले भने, ‘गठबन्धनलाई भोट हाल्ने हो कि सुखी नेपाली समृद्ध नेपाल बनाउनेलाई भोट हाल्ने फैसला मतदातामा निर्भर गर्छ । म इटहरी विकासको जिम्मा लिन्छु । तपाईंहरू याम सुब्बा र सङ्गीता चौधरीलाई जिताएर देखाउनुस ।’ एमाले अध्यक्ष ओलीले नेपाली काङ्ग्रेसको घोषणा पत्रमा मान्छे देखिने तर एमालेको घोषणा पत्रमा विकास देखिने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘एक हारले धनकुटामा हाम्रो सर्वश्व गुमेको छैन, फेरि समय आउँछ’

Sabitra ghimire

स्थानीय तह भनेको जनताका लागि पहिलो र अनिवार्य सरकार हो । जसले जनताको काम स्थानीय सरकारले नै गर्छ ...