बन्दीपुरमा समानुपातिक ढंगले विकासको लहर ल्याउनेछु : धुव्रलाल प्रधान, अध्यक्षका उम्मेदवार

Pardhan

 बन्दिपुर । बन्दिपुर गाउँपालिकाको अध्यक्षका उम्मेदवार धुव्रलाल प्रधानले बन्दीपुरमा भ्रष्टाचारमुक्त अभियान संचालन गर्ने प्रतिबद्धता जनाएका छन् । बन्दीपुर गाउँपालिकालाई सुखी, समृद्ध र भष्ट्राचारमुक्त बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताउँदै प्रधानले आफु विजयी भएसँगै भ्रष्टाचारमुक्त अभियान संचालन गर्ने बताएका हुन् । 

बन्दीपुरमा सबै क्षेत्रमा समानुपातीक ढंगले विकासको लहर ल्याउन आवश्यक रहेकोमा जोड दिर्दै उनले विगतमा पीडित, पक्षपात र भेदभावपूर्ण काम भएकाले यो पटक नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउनुको विकल्प छैन भनेर मतदाता लागिपरेको बताए ।

आम मतदाता कहिले ३० गते आउँला र धुव्रलाल प्रधान तथा कांग्रेसका उम्मेदवारलाई मत हालौला भनेर आत्तुर हुनुहुन्छ, उनले भने । नेपाली कांग्रेसले अहिलेसम्म बन्दीपुरमा स्थानीय तहको चुनाव नजितेको अवस्थामा यो पटक बन्दीपुरबासीमा नेपाली कांग्रेस र कांग्रेसका उम्मेदवारलाई जिताउनुपर्छ भन्ने भावना भएकाले आम सर्वसाधारणले आफुलाई रोजेको बताए ।

अन्य पार्टी र उम्मेदवार भन्दा मैले केहि गर्न सक्छ, पुरानो पार्टी हो, कांग्रेसमा सबैभन्दा अनुभवी ब्यक्ती हो, सबैलाई मान्य हुने साझा ब्यक्ती हो तथा विभिन्न संघसंस्थामा काम गरेको ब्यक्ती पनि भएको भनेर मलाई रोजेका हुन्, उनले थप्दै भन्नु भयो । कांग्रेसले विनाभेदभाव हरेक जनताको घरैलोमा विकास पुर्याउँने, हरेक जनताको समस्या बुझ्ने, समस्यामा साथ दिने, जनताको इच्छा, चाहाना र भावनाअनुसार विकास कार्यलाई अगाडि बढाउँने बताउने पनि बताए ।

प्रतिकृया दिनुहोस