भरतपुरमा निर्वाचन जित्न असहज छैन, स्वतन्त्र उम्मेदवारलाई नफकाऔं : अध्यक्ष दाहाल

Prachanda

भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र्) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दल बीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हासिल गर्ने बताएका छन् । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले गठबन्धनले जित निकाल्ने पक्कापक्की भएको जिकिर गरे । अध्यक्ष प्रचण्डले उम्मेदवारी उठ्न जो–कोहीलाई पनि स्वतन्त्रता रहेको जनाउँदै फैसला जनताको हातमा रहेको बताए। 

उनले भने, ‘निर्वाचन जित्न असहज छैन, स्वतन्त्र उम्मेदवारलाई नफकाऔं।’ भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहाल प्रमुख पदको उम्मेदवार रहेकी छन् । गठबन्धनले आज यहाँ चुनावीसभा आयोजना गर्दैछ । सभालाई सम्बोधन गर्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार नै चितवन आइसकेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...