कालिन्चोक गाउँपालिकामा कांग्रेसका वडाध्यक्ष उम्मेदवार नै एमालेमा प्रवेश

278943742 5051384194937883 1913962756873889515 n

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिकामा नेकपा एमालेका पक्षमा जनलहर देखिएको छ । यसअघिको निर्वाचन पनि अध्यक्ष, उपाध्यक्षसहित बहुमत पदमा विजयी हासिल गरेको एमालेले यस पटक पनि कालिन्चोकमा जित्ने लगभग सुनीश्चित भएको हो । एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार गणेश शिवाकोटी युवाहरुमाझ निकै लोकप्रिय रहेका कारण पनि यो पटक एमालेलाई कालिन्चोकमा जित निकाल्न अप्ठ्यारो नभएको स्थानीयबासीहरु बताउँछन् । उसै पनि जनाधार राम्रो भएको कालिन्चोकमा थामी समुदायको प्रतिनिधित्व गराउँदै उपाध्यक्षमा कविता थामीलाई उम्मेदवार बनाएको एमालेले भुगोल र समावेशी उम्मेदवार बनाएकाले पनि जितको लागि सहज भएको विश्लेषण भइरहेका छन् ।

कालिन्चोकमा आफैमा बलियो र प्रकड जमाएको एमालेमा विभिन्न पार्टीबाट प्रवेश गर्नेको संख्या पनि उत्तिकै छ । यसै क्रममा सोमबार कालिञ्चोक गाउँपालिकामा पुराना कांग्रेस नेता आफ्नो टीमसहित नेकपा एमालेमा प्रवेश गरेका छन । नेकपा एमाले कालिञ्चोक गाउँपालिका बडा नं २ बाबरेमा आयोजित चुनावी सभाको क्रममा लालबहादुर थामीको नेतृत्वमा वडाध्यक्षका उम्मेदवारसहित सिंगो गाउँका नेता कार्यकर्ता एमाले प्रवेश गर्नुभएको हो ।

 

नेपाली कांग्रेसको गाउँ अध्यक्ष हुँदै बिभिन्न जिम्मेवारी पूरा गर्नुभएका थामी २६ वर्षदेखि नेपाली कांग्रेसको आवद्वता तोडेर एमाले रोज्नुभएको हो । उहाँसहित १ सय भन्दा बढी वडाका नेता कार्यकर्ता एमाले प्रवेश गर्नुभएको छ ।

यस्तै नेकपा माओवादी केन्द्र कालिञ्चोक गाउँपालिका २ बाबरेका पूर्वपार्टी इञ्चार्ज मधुकर थामी पनि एमाले प्रवेश गर्नुभएको छ । २०५१ देखि नेकपा माओवादीमा आवद्व थामी एमाले मात्रै सही कम्युनिष्ट पार्टी रहेको निश्कर्षसहित एमालेप्रवेश गर्नुभएको हो । उहाँहरुलाई एमालेबाट कालिञ्चोक गाउँपालिकाका अध्यक्षका उम्मेदवार गणेश शिवाकोटीसहित एमाले बागमति प्रदेश सदस्य बालकृष्ण शिवाकोटी र डवल पाण्डेसहितका नेताहरुले स्वागत गर्नुभएको छ ।

 

May be an image of 11 people, people standing, people sitting, outdoors and night

त्यस्तैगरि, कालिन्चोक गाउपालिका वडा न ७ मा नेकपा एकीकृत समाजबादीका वडा कमिटी अध्यक्ष शम्शेर तामाङ सहित सिङ्गो टिम नेकपा एमालेमा फर्किएको छ भने अन्य विभिन्न वडाबाट एमाले प्रवेश गर्नेको संख्या अत्याधिक रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...