धरानमा अन्तिम समयमा मिले गठबन्धन, पुरानो सहमति कायम गर्ने निर्णय (सहमति पत्रसहित)

Gathabandha chinha

धरान । उम्मेदवारको मनोनय गर्ने र मनोनय फिर्ता गर्ने समयसम्म नमिलेका धरानका राजनीतिक दलहरु अन्तिम समयमा आएर मिल्न बाध्य भएका छन् ।

सिट बाँडफाँडमा असन्तुष्टि जनाउँदै धरानको मेयर र उपमेयरमा उम्मेदवारी दिएको जनता समाजवादी (जसपा) पार्टीले गठबन्धनका उम्मेदवारलाई सघाउन सहमत भएपछि नयाँ सहमति भएको हो ।

जसअनुसार अव जसपाले गठबन्धनका मेयरका उम्मेदवार किशोर राई र उपमेयरका उम्मेदवार अइन्द्र बिक्रम बेघालाई सघाउने छ । साथै वडा तहमा समेत सहमझदारी गरेका छन् । जस अन्तर्गत वडा नं. ४ मा गठबन्धनले नेकपा (एकीकृत समाजवादी) लाई सघाउने छ ।

आज भएको सहमति अनुसार सबै दलले उम्मेदवारी दिएका वडाहरुमा अझैं समझदारीको प्रयास गरिने र सहमति नभए मित्रवत प्रतिष्पर्धा हुनेछ । त्यसैगरी गत स्थानीय तहमा जसले जितेको हो, उसैलाई गठबनधनले सहयोग गर्ने सहमति पनि भएको छ ।

सत्ता गठबन्धनको केन्द्रीय संयन्त्रको निर्देशनपछि मंगलबार जसपाले आफूले उठाएका मेयर र उपमेयरका उम्मेदवारलाई निष्क्रिय बनाएर गठबन्धनको उम्मेदवारलाई सघाउने सहमति भएको हो । सत्ता गठबन्धनमा रहेका दलहरू नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले मंगलबार लोकतान्त्रिक वाम गठबन्धनका नाममा ८ बुँदे सहमति गरेर सार्वजनिक गरेका छन् ।

धरानमा गठबन्धन दलहरूबीच मेयर काँग्रेस र उपमेयर माओवादी केन्द्रलाई दिने सहमति छ । नेकपा एकीकृत समाजवादीले पनि यसअघि धरानमा दिएको मेयर र उपमेयरको उम्मेदवारी फिर्ता लिइसकेको छ ।

प्रतिकृया दिनुहोस