केशव स्थापितले भने, मैले भनेको तिमी साह्रै राम्री छौँ बाहिरबाट, तर थुतुनो चाहिँ ठीक छैन भनेकै हो

Kesav sthapit ktm

काठमाडौं । नेकपा (एमाले) का काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले आफूले कहिल्यै संगत नै नगरेको महिलाले आफूलाई आरोपित गरेको गुनासो गरेका छन् । मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित चुनावी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफू महिलामैंत्री भएको भन्दै हिंसाको आरोप सही नभएको जिकिर गरे ।

हालै मात्र नेशनल कलेजले मेयरका उम्मेदवारहरुसँग गरेको अन्तर्क्रियामा अधिकारकर्मी भावना राउतले मिटू आरोपबारे स्थापितलाई प्रश्न गरेकी थिइन् । जवाफमा स्थापितले ‘यू आर नाइस लेडी, बट थुतुनो ठीक छैन’ भनेका थिए ।

यसको चर्को आलोचना भइरहेका बेला स्थापितले भने प्रश्नकर्ता राउतमाथि आपत्तिजनक टिप्पणी गरेका छन् । स्थापितले आफ्नो अभिव्यक्तिलाई महिला हिंसा भनिएकोमा असन्तुष्टि जनाए । नेशनल कलेजको त्यो कार्यक्रममा आफूलाई अनावश्यक रुपमा उत्तैजित पारिएको समेत स्थापितले बताए ।

‘छोरीभन्दा छोरीको उमेरले बोलेको हेर्नुस्, बोलीको कर्कशता हेरौं न ! मान्छे पनि हो कि होइन जस्तो लाग्यो । अमानवले बोले जस्तो !’ प्रश्नकर्ता राउतको नाम नलिई उनले भने, ‘अमानवलाई मैले मानवीय व्यवहार गर्नुपर्छ जस्तो लागेन । त्यसपछि मैले भनेको तिमी साह्रै राम्री छौ बाहिरबाट, तर थुतुनो चाहिँ ठीक छैन । म फेरि पनि भन्छु । मेरो प्रवृत्ति यही हो ।’

आफू महिलामैत्री भएकै कारण उनीहरुसँग आफ्नो धेरै फोटोहरु हुन सक्ने उनको भनाइ थियो । तर, महिलाहरुमाथि आफूले कुनै पनि अनुचित सम्बन्ध नराखेको उनको जिकीर थियो । मेयरका उम्मेदवार स्थापितले आफू विगतमा मेयर हुँदा महानगरपालिकामा महिलालाई समेटेर खेलकुदको छुट्टै विभाग बनाउने प्रयास गरेको पनि बताए ।

स्थापितले आफूले महिलाहरुको सधैं सम्मान गर्ने तर त्यसैलाई लिएर आरोपित भइरहन जरुरी नभएको दोहो¥याए । ‘मैले दिने त फल हो नि । मैले गाली त दिन्न । म हिंसाको विरोधी । महिलाहरुको सम्मान गर्ने, महिलाहरुलाई आदर गर्ने र महिलाहरुसँग काम गर्दा मलाई सहज हुन्छ भन्छु । यो मेरो निजी प्राक्टिकल अनुभव । हाम्रो केही कर्मचारीहरुसँग काम गरेँ माडसाव भन्थ्यो । जनताको काम गर्न माडसावलाई रेष्टुरेन्टमा भेटनुपर्ने । तर मेरो महिला साथीहरुले त्यसो गरेनन्’, उनले भने, ‘महिलाहरु अलिबेसी कोमल भएको कारण पनि म महिला मैत्री हो । त्यसैले मेरो धेरै फोटाहरु महिलासँग देखिन सक्छ । अव यही कारणले मैले आरोपित हुन जरुरी छैन ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...