गठबन्धन दलले आईतबारबाट सबै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने

Gathabandan


काठमाडौँ । पाँच दलीय गठबन्धनले आइतबारदेखि सातै प्रदेशको राजधानीमा संयुक्त चुनावी सभा गर्दै छ । चुनावी सभालाई गठबन्धन दलका प्रमुख नेता र निर्वाचन तयारी तथा अनुगमन समिति संयोजक गरी ६ जनाले सम्बोधन गर्ने भएका छन् । संयुक्त चुनावी सभा आइतबार (१८ वैशाखमा) सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेतमा हुनेछ ।

सोमबार (१९ वैशाखमा) लुम्बिनी प्रदेशको बुटवल र गण्डकी प्रदेशको कास्कीमा तथा मंगलबार (२० वैशाखमा) प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा चुनावी सभा हुने भएको छ । बुधबार (२१ वैशाखमा) भने संघीय राजधानीसमेत रहेको बाग्मती प्रदेशको काठमाडौँमा संयुक्त चुनावी सभा हुने भएको हो ।

यही ८ वैशाखमा बसेको स्थानीय निर्वाचनका लागि गठबन्धन दलहरूको आन्तरिक तयारी तथा अनुगमन गर्ने संयन्त्रको बैठकले संयुक्त चुनावी सभाको कार्यतालिका तय गरेको थियो । गठबन्धन दलहरूले अधिकांश ठाउँमा निर्वाचनमा तालमेल गरेका छन् ।

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...