माओवादी केन्द्रका गाउँपालिका अध्यक्षको उम्मेदवार नै एमालेमा प्रवेश !

Umedhwar

काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका एक नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षको उम्मेदवार बनेका तेन्जिङ छेसाङ तामाङ एमालेमा प्रवेश गरेका हुन् ।

माओवादीको गाउँपालिका इन्चार्ज समेत रहेका उनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि माओवादी केन्द्रबाट उम्मेदवारी दर्ता गराएका थिए ।

यस्तै नेकपा माओवादी केन्द्र रसुवाका जिल्ला कमिटी कान्छा तामाङ र नेकपा माओवादी केन्द्र रसुवाकै गोसाईकुण्ड गाउँपालिका वडा नं. ५ का वडा अध्यक्षका उम्मेदवार छोङी तामाङ पनि एमालेमा प्रवेश गरेको गोसाइकुण्ड गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं एमालेबाट अध्यक्षका उम्मेदवार कैसाङ नुर्बु तामाङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस