नेमकिपाको घोषणापत्रमा एमसीसीको विरोध, अन्य के–के समेटिएको छ त ?

Nemakapa

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले स्थानीय तहको निर्वाचन घोषणापत्रमा एमसीसी सम्झौतादेखि श्रीलंकाको आर्थिक संकटसम्मका विषयलाई समेटेको छ । नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले पार्टीको घोषणापत्र सार्वजनिक गर्दै एमसीसीलाई ‘अमेरिकी स्वार्थका लागि भएको लगानी’ को संज्ञा दिए ।

भ्लोदिमिर जेलेन्स्की नवनाजीवादी र फासीवादीको सहयोगमा युक्रेनी राष्ट्रपतिमा निर्वाचित भएको दाबी गर्दै नेमकिपाले ‘जेलेन्स्कीले युरोपमा युद्ध फैलाउन अमेरिकालाई गुहारेको’ जनाएको छ । काठमाडौंको फोहोर व्यवस्थापन ठूलो चुनौती रहेको उल्लेख गर्दै ल्यान्डफिल साइट १५÷२० वर्षलाई पुग्ने किसिमको बनाउनुपर्ने, जग्गा अधिग्रहणलगायत कार्य महानगरपालिका आफैंले मात्र गर्न नसक्ने हुँदा संघीय सरकारले समेत यसमा सघाउनुपर्ने उल्लेख छ ।

गत निर्वाचनमा आफ्नो दलका तर्फबाट कालीकोट, जुम्ला, दैलेख र भक्तपुरमा विजयी जनप्रतिनिधिले स्वास्थ्य, शिक्षा, सिँचाइ, खानेपानी र सडक क्षेत्रमा उदाहरणीय सेवा प्रदान गरेको नेमकिपाको दाबी छ ।

घोषणापत्रमा घरघरबाटै इँटा, ढुंगा, सिसा, प्लास्टिक, काँच, फलामका काँटी किलाजस्ता सामान अलग गराई पुनः प्रयोगमा पठाउने तथा कुहिने फोहोरबाट प्रांगारिक मल बनाउन उत्साहित गर्नेलगायतका योजनाको आवश्यकता औंल्याइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...