सूर्यविनायकमा लोकप्रिय बासुदेव थापा : दोस्रो कार्यकालको लागि चुनावी मैदानमा

Basu dev thapa

भक्तपुर । सूर्यविनायकमा लोकप्रिय बासुदेव थापा पुनः चुनावी मैदानमा उत्रीएका छन् । सूर्यविनायक नगरपालिकामा पहिलो कार्यकाल उपलब्धीमूलक रुपमा पूरा गर्नु भएको थापा दोस्रो कार्यकालको लागि पुनः चुनावी मैदानमा उत्रीएका हुन् ।

पहिलो कार्यकालमा निकै राम्रा र लोकप्रिय काम गरेर चर्चामा आउनु भएको थापाले स्थानीयबासीको चाहाना र मागअनुसार पुनः दोस्रो कार्यकालको लागि उम्मेदवारी दिएको बताए । विशेष गरि स्थानीयबासी र पार्टीले पनि विश्वास गरेर टिकट दिएकाले सबैको मागअनुसार अगाडि बढेको थापाको भनाई छ ।

नगरपालिकामा पार्टीका नेता कार्यकर्ता मात्र नभई अन्य पार्टीका कार्यकताको पनि मन जित्नु भएको र रुचाइएका थापा कांग्रेसका उम्मेदवार निशान ढुंगेलसँग चुनावी मैदानमा छन् । तर उनलाई नगरपालिकाको हकमा जतिसुकै पार्टी मिलेर आए पनि सामना गर्न समस्या नभएको स्थानीयबासी बताउँछन । किनकी यो पाँच वर्षको अवधिमा थापाले नगरबासीको मन जितेकाले जो उठे पनि प्रतिस्पर्धामा आउँन नसक्ने आंकलन गरिएको छ ।

थापाले नगरपालिका प्रमुखको जिम्मेवारी समालेपछि धेरै र निकै महत्वपूर्ण कार्य भएका छन् जो आम नगरबासीले अनुभव र मसहुस गरिरहेको थापा बताउँछन् । थापा नगरलाई नेपालकै नमूना र उदाहरणीय रुपमा विकास निर्माणका कार्य गरेर देखाउन सफल भएको पनि बताउँछन् ।

नगरपालिकाले यो अवधिमा महत्वपूर्ण कामको रुपमा पक्की मोटरबाटो मात्र ११० किलोकिलोमिटर पिच÷ढलान भएको छ । पक्की मोटरबाटो पुल ३३ वटा बनेका छन् । अब दुई÷तीन वटा बनेपछि सयौ वर्षसम्म नगरपालिकामा पुलको आवश्यकता नपर्ने गरि पुल बनीसकेका छन् ।

त्यस्तै, नगरमा सामुदायिक प्रशासकीय भवन १९ वटा बनेका छन् । नगर अस्पताल १ वटा, १० वटा स्वास्थ्य चौकी, बाटो ब्लक विछ्याउने काम ७ किलोमिटर, ढल विछ्याउने काम ४० दशमलव १ किलोमिटर, ३७ वटा सामुदायिक विद्यालयको पक्की भवन, १० वटा खानेपानी ट्याकी, खानेपानी पाईप विछ्याउने काम २० किलोमिटर, सिचाई कुलो २२ किलोमिटर, ट्रस पुल ४ वटा, बाटो सिमांकन २४ किलोमिटर, पाटी÷प्रतीक्षालय ९ वटा, खेल मैदान १ वटा निर्माण भएका छन् ।

त्यस्तैगरि, नगरपालिकाले नंखेलमा ७४ रोपनी क्षेत्रफलमा ल्याण्ड फिल्डिङ मार्फत रंगशाला निर्माणको काम अगाडि बढाएको छ । रंगशाला निर्माणको लागि नवौ नगर सभाले पास गरेर दुई करोड बजेट पनि छुट्याएको छ । रंगशालाको लागि अहिले जग्गा छुट्याउने काम अन्तिम चरणमा पुगेको छ ।

थापाको कार्यकालमा नगरपालिकाको प्रशासकीय भवन पनि सिलान्यास भइसकेको छ । तीन सय वटा साधन पार्किङ गर्न सकिने पाँच तलाको भब्य हजार जना क्षमताको हलसहितको भवन बनाउन दुई चार वर्ष नै लाग्ने हुनाले त्यो पूरा गर्न बाँकि छ । कोरोनाको कारण निर्माणमा केहि ढिलाई भए पनि आगामी कार्यकालमा भवन निर्माण सम्पन्न गर्ने थापाको योजना छ ।

थापाकै कार्यकालमा नगरपालिकामा थुप्रै मठमन्दिर पुर्ननिर्माण भएका छन् । अनन्तलिंगेश्वरमा भब्य मन्दिर बनेको छ । केदारनाथको शिर डोलेश्वरमा पनि सांसद महेश बस्नेतको सांसद विकास कोषबाट दुई करोड बजेट राखेर मन्दिर निर्माणको काम भएको छ । अन्य साना तिना थुप्रै शिवालय पनि बनेका छन् ।

मेयरका उम्मेदवार थापा अघिल्लो पटकको चुनावमा जानु अघिं त्यतिबेला तत्कालीन एमाले पार्टीको उपसचिव, क्षेत्र नं.२ र नगरको इन्चार्ज थिए । त्यतिबेला नगरपालिकामा पार्टीको तर्फबाट घोषणापत्र बनाउने जिम्मा पनि थापाले नै पाएका थिए । थापा सम्झन्छन्, मैले त्यो बेला ४२ बुँदे घोषणापत्र बनाएको थियो । तर पाँच वर्षमा घोषणपत्रमा भनेभन्दा धेरै काम गर्न सफल भएको उहाँ बताउँछन् ।

पाँच वर्षमा १५ अर्बको त पूर्वाधारको मात्र काम भएको छ । थप प्रदेश, संघ र विभिन्न अंगहरुबाट बजेट आएको छ । नगरले मोटामोटी रुपमा चार सय पृष्ठको पुस्तक नै निकालेर कहाँ कहाँबाट बजेट आयो र के कति काम भयो भनेर बुँदागत रुपमा सार्वजनिक पनि गरेको थापाले बताउँछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...