टिकट वितरणमा आर्थिक चलखेल भयो, इमान्दार कार्यकर्ता अन्यायमा परे : शेखर कोइराला (विज्ञप्तीसहित)

Shekhar koirala

काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा भएको टिकट वितरणमा कार्यकर्ताहरूप्रति समानरुपले न्याय नभएको बताएका छन् । बुधबार विहान एक विज्ञप्ति जारी गर्दै उनले टिकट वितरणमा एउटा मापदण्ड बनाउँदा पार्टी कार्यकर्ताहरूमाथि अन्याय भएको बताए ।

टिकट वितरणलाई लिएर अहिले कार्यकर्ताको असन्तुष्टि देशभरबाट आइरहेको उनको भनाइ छ । ’जीवनभर काँग्रेसको सिद्धान्त, मूल्य पद्धति र आदर्शप्रति समर्पित वरिष्ठ साथीहरु यतिखेर पार्टी छाडि अन्य पार्टीमा ओत लाग्न पुगेका छन् । कैयौँ साथीहरु स्वतन्त्र उमेदवारको रुपमा चुनावी मैदानमा जान बाध्य हुनुहुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

कोइराला टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भएको सार्वजनिक भइरहेका भन्दै इमान्दार र निष्ठावान कार्यकर्ताहरूले पीडा भोग्नुपरेको बताए । आफुसँग असहमत भएकै कारण कैयन कार्यकर्ताको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएको उनको आरोप छ ।

कैयन साथीहरुलाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षडयन्त्र पनि भएका छन् । पार्टीभित्र रहेका यस्ता गलत कार्यहरु तत्काल अन्त्य हुनुपर्छ, कोइरालाको विज्ञप्तिमा भनिएको छ ।

साथै उनले पार्टीभित्र न्यायको पक्षमा निरन्तर आवाज उठाइरहने बताए । ’हामी काँग्रेसको निर्णय प्रक्रिया गर्ने ठाउँमा संख्यामा थोरै छौं । तर पनि हामी लड्छौँ । र अन्ततः जित सत्य र न्यायको हुन्छ । हामी निरास हुने छैनौँ,’ कोइरालाले भने ।

टिकट वितरणको मापदण्डको अध्ययन, अनुसन्धान र समीक्षा गरिने उनको भनाइ छ । साथै कोइरालाले पार्टी हितलाई सर्वोपरि ठानी तत्काललाई असन्तुष्टिहरू छातीभित्र राखी काँग्रेसको विजयी अभियानमा होमिने आग्रह गरे ।

’काँग्रेस पार्टीको बिभिन्न तहका साथीहरु, भातृ तथा शुभेच्छुक संगठनहरुलाई दत्तचित्त भएर आपसी मनमुटाव थाँती राख्दै, पार्टीभित्र एकता कायम गर्दै चुनावी अभियानमा सहभागी हुन म जोडदार अपिल गर्दछु,’ कोइरालाको अपिल छ ।


कोइरालाद्वारा जारी विज्ञप्ति

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...