झण्डै सवा लाख उम्मेद्वारले दिए उम्मेद्वारी, कुन पदमा, कुन दलले कति उम्मेद्वारी दिए ? (विवरणसहित)

Chatwan ranu

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ११ र १२ गते दुई दिनसम्म मनोनयन दर्ताको समय दिइएकोमा सकिएको छ ।

यो पटक अधिकांस राजनीतिक दलहरुले गठबन्धनमा उम्मेदवारी दिएका छन् । सत्ता घटक दलहरुले पहिलेदेखि नै गठबन्धन बनाएका भए पनि अन्तिम समयमा धेरै जिल्लाहरुमा आफुखुसी उम्मेद्वारी दर्ता गराए ।

स्थानीय तहको प्रमुख तथा अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारहरुको दावेदारी बढी देखिएको छ । प्रमुख र उपप्रमुख पदमा स्वतन्त्र उम्मेद्वारीको संख्या निकै ठूलो छ भने अरु पदमा एमालेको मनोनयन संख्या बढी देखिन्छ ।

यो पटकको निर्वाचनमा सबैभन्दा बढी स्वतन्त्र उम्मेदवारले नै मनोनयन दर्ता गराएका छन् । देशभर १ हजार २६९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । दुई दिनसम्ममा नेकपा एमालेका २७५, नेपाली कांग्रेसका २५२ र राप्रपाका २३६ जाले उम्मेदवारी दिएका छन् ।

एकीकृत समाजवादीको मनोनयन निकै नगन्य देखिन्छ । देशभरबाट मनोनयनको विवरण संकलन र अद्यावधिक हुने क्रम जारी भएकाले अन्तिम विवरणमा भने केही फरक पर्नसक्ने देखिन्छ ।

देशभरबाट आज बिहानसम्म प्राप्त विवरण अनुसार नगरपालिकाहरुको प्रमुख (मेयर) पदमा प्रमुख तीन दलको मनोनयनको भन्दा दोब्बरको संख्यामा स्वतन्त्र उम्मेद्वारी परेको छ ।

आगामी स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) २७०, राप्रपाका २१६, कांग्रेसका २०१ र ३५७ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । गाउँपालिका अध्यक्षमा ९७४ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ भने नेकपा (एमाले) ४३२, नेपाली कांग्रेस ३६९ र माओवादी केन्द्रका २८० जनाले उम्मेद्वारी दर्ता गराए ।

गाउँपालिका उपाध्यक्षमा पनि स्वतन्त्र उम्मेद्वारको संख्या उल्लेख्य छ । गाउँपालिका उपाध्यक्षमा नेकपा (एमाले) ४२७, स्वतन्त्र ३४३, नेपाली कांग्रेस ३३८ र माओवादी केन्द्र २९८ जाले उम्मेदवारी दिएका छन् ।

वडाध्यक्षमा सबैभन्दा बढी एमालेले उम्मेद्वारी दिएको छ । जसमा नेकपा (एमाले) ६०१५ जना छन् । त्यसरी नै नेपाली कांग्रेस ५५६१, स्वतन्त्र ५३३६ र माओवादी केन्द्रका ३९८४ जाले उम्मेदवारी दिएका छन् ।

वडा सदस्यमा भने स्वतनत्र उम्मेद्वारी कम परेको छ । वडा सदस्यमा नेकपा (एमाले) ११५६९, नेपाली कांग्रेस १०६२०, माओवादी केन्द्र ७५४२, राप्रपाका ४२२२ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

विभिन्न ठाउँमा तालमेल गरेका कारण सत्तारुढ कांग्रेस र गठबन्धनका अरु दलको तुलनामा एमालेको मनोनयन केही बढी देखिन्छ । कम सिट पाएकाले माओवादी केन्द्र र एकीकृत समाजवादीको विवरण ठूलो संख्यामा देखिंदैन ।

रेक वडामा दुई जनाका दरले रहने वडा सदस्य पदमा सबैभन्दा बढी उमेद्वारी परेको छ । महिला वडा सदस्यमा पनि एमालेको उम्मेद्वारी बढी देखिन्छ । त्यसपछि कांग्रेस र माओवादी केन्द्र परेका छन् । अनुपातका हिसाबले सबैभन्दा कम उम्मेद्वारी परेको दलित महिला वडा सदस्य पदमा करिव तेब्बरको हाराहारीमा उम्मेद्वारी परेको देखिन्छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन कार्यक्रमअनुसार आज उम्मेदवारको नामावली प्रकाशन हुने छ । यस्तै वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने र वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने तय भएको छ ।

वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यसूची आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...