एमाले भक्तपुरले चारै पालिकाको प्रमुख/उपप्रमुखको उम्मेदवार टुंग्यायो

Umll

भक्तपुर – नेकपा एमाले भक्तपुरले आसन्न स्थानीय तह निर्वाचनमा नगर प्रमुख तथा उपप्रमुखको उम्मेदवारी टुंग्याएको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, चाँगुनारायण नगरपालिका र मध्यपुर थिमि नगरपालिकाका प्रमुख र उपप्रमुखको नाम टुंग्याएको हो ।

एमालेले सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा पुरानै उम्मेदवारलाई दोहो¥याएको छ । सूर्यविनायक नगरपालिकाको प्रमुखमा पुनः वासुदेव थापालाई उठाएको छ भने उप प्रमुखमा सरिता भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । मध्यपुर थिमि नगरपालिकाको प्रमुखमा एमालेले पुरानै उम्मेदवारलाई मदनसुन्दर श्रेष्ठलाई पुन दोहो¥याउने निर्णय गरेको छ भने उपप्रमुखमा उत्तरा नेपाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

चाँगुनारायण नगरपालिकामा भने पाँच वर्ष उपप्रमुखको जिम्मेवारी सम्हालेकी विना बास्तोलालाई प्रमुखको उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ भने उपप्रमुखमा रमेश बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । भक्तपुर नगरपालिकामा एमालेले नगर प्रमुखमा रवीन्द्र लाछिमस्यु र उपमेयरमा रञ्जना चापागाईँ खर्बुजालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकीकृत समाजवादीबाट फेरिए चार मन्त्री र एक राज्यमन्त्री, जीवनराम र मेटमणिको ‘इन्ट्री’ (सूचिसहित )

New mantri samajwadi

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवा...