एमालेले खोस्यो पोखरामा दीपक पौडेलको टिकट, कृष्ण पौडेललाई दियो मेयरको टिकट

Krishna thapa pokhara

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिएको छ । शनिबार पौडेललाई टिकट दिएपछि उनको पुरानो भिडियोहरू शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो ।

त्यसमाथि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारीको टकरावका कारण कास्की एमाले विभाजित छ । पौडेलले गुरुङ प्यानलबाट टिकट पाएका हुन् । त्यसपछि उनीविरुद्ध प्रहार धेरै भयो । अन्ततः उनको टिकट फिर्ता लिएर खगराज प्यानलका थापालाई टिकट दिइएको हो ।

उपमेयरमा भने पुनः मन्जु गुरुङ नै उम्मेदवार बनेकी छिन् । यसअघि गुरुङले आफू उम्मेदवार नबन्ने बताएपनि अहिले मौन छिन् । थापा र गुरुङ दुवैजना केन्द्रीय सदस्य हुन् । थापालाई रोक्न पृथ्वीसुब्बाले प्रदेश सरकार आफ्नो बन्ने र त्यहाँ मत नपुग्ने कार्ड फालेका थिए । तर उनको कार्ड सफल हुन सकेन ।

अन्ततः थापालाई टिकट दिइएको छ । थापा २०५४ सालमा पनि पोखराको मेयर भएर काम गरेका ब्यक्ति हुन् । २०७० मा भने कास्की २ बाट चुनावमा पराजित भएका थिए ।

यसअघि सांसदले मेयर लड्न नपाउने गरी केन्द्रले निर्णय गरेको एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरेका थिए । तर, संगठन विभाग प्रमुख खगराज अधिकारी समूहले थापालाई मेयर हुनबाट रोक्नकै लागि यस्तो निर्णय गरेको आरोप लगाएको थियो । कास्कीमा पृथ्वीसुब्बा र खगराजको प्रतिष्ठाको लडाइँले पनि यहाँको एमाले राजनीतिलाई ध्रुवीकरण गरेको छ ।
एमाले यसअघि नाम टुंग्याएका दीपक पौडेलले भने आफ्नो चरित्र हत्या हुने गरी प्रचार गरिएको र आफ्नो राजनीतिक जीवनकै अवमूल्यन गरिएको बताएका छन् ।

कार्यवाहक मेयर भएरसमेत काम गरेकी मञ्जुदेवी पनि आफूभन्दा जुनियरलाई मेयर बनाएर आफूलाई उपमेयरको टिकट दिँदा खुसी थिइनन् । आकांक्षा नै नगरेको पदमा आफूलाई टिकट दिइएको भन्दै मञ्जुदेवीले आपत्ति जनाएकी थिइन् ।

सत्ता गठबन्धनको तर्फबाट पोखरा एकीकृत समाजवादीको भागमा परेको छ । गठबन्धनबाट एकीकृत समाजवादीका धनराज आचार्य मेयरका उम्मेदवार छन् । तर, पोखरामा जनता समाजवादीले आफूहरूले गठबन्धन छोडेको र आफूहरुले मेयरको उम्मेदवार उठाउने तयारी गरिरहेको गण्डकी उपाध्यक्ष किरण थापाले बताएका छन् ।

कास्कीमा पोखराको मेयर बाहेकमा मित्रवत प्रतिस्पर्धा गर्ने नेपाली कांग्रेसले आइतबार निर्णय सुनाएको थियो । तर कांग्रेससहित गठबन्धनको बैठकले अन्तिम टुंगो लगाउने गरी छलफल गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...