एमालेका दुख: निष्ठावानले पाएको टिकट खोसियो, 'पैसावाल' घरजग्गा कारोबारीले पाए !

News baiteshwar 7

दोलखा । राजनीतिमा पैसावाल र पुँजी हावी हुँदा के हुन्छ भन्ने उदाहरण दोलखाको बैतेश्वर गाउँपालिका वडा नं ७ का एमालेहरुले देखाएका छन् । वडाबाट सिफारिस भएर कार्यकर्ताको बधाई खाएका कृष्णबहादुर खड्काको मन बीच बाटो बाटै टिकट खोसिएपछि कुंडिएको छ ।

लामो समयदेखि पार्टीमा क्रियाशील खड्का आफु चुनाव जित्नेमा ढुक्क थिए । उनले टिकट पाउने सबै मापदण्ड पुरा गरेका थिए तर उनीसंग पैसा थिएन ।

जिल्ला कमिटीमा उजुरी हालेको भनिएका बाबुराम खड्काले वडाअध्यक्षको टिकट लिएर गाउँ फर्किएका छन् । उनी पेन्सनवाला भूपू आर्मी हुन् । काठमाडौँमा लामो समय घर जग्गा कारोबार गरेका उनीसंग पैसा कै बलमा टिकट लिने तागत रहेछ भन्दै बैतेश्वरका एमालेजन तिनछक परेका छन् ।

पालिका अध्यक्षको टिकटको दाबेदार गरेका बैतेश्वरका सिनियर नेता, बागमती प्रदेश कमिटी सदस्य केशव चौलागाईं यो विषयमा आफैं बोल्न सक्ने स्थितिमा छैनन् । आफुलाई जित्न आर्थिक बल पुग्ने भन्दै माधव घिमिरेले नै बाबुराम रोजेका हुन् सक्छन । जे होस् नाम्दु-मार्बुतिर निष्ठावान र धन नभएकाले अब राजनीति नगर्दा हुने भो भन्दै निरासा छाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...