मेलम्ची खानेपानी आयोजनाको पानी उपत्यकामा वितरण सुरु

Melamchi

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको पानी आइतबार काठमाडौँ उपत्यकामा वितरण सुरु भएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभोक्ताको धारामा पुगेको हो ।

गत वर्ष असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त बनाएपछि पानी आपूर्ति रोकिएको थियो। सफाइ र मर्मतपछि २९ चैतमा काठमाडौँतर्फ पानी पुनः पथान्तरण गरिएकामा आजबाट पानी वितरण थालिएको हो ।

केही वर्षअघि देखि वितरण गरिएको मेलम्चीको पानी केही महिनापछि बाढीको कारणले मुहान पुरिएको थियो । मुहान सफा गरेपछि मेलम्चीको पानी यहाँ पुनः वितरण गरिएको हो ।  विभिन्न आरोहअवरोह पार गर्दै काठमाडौंका घरघरमा पानी पुगेको छ ।

प्रतिकृया दिनुहोस