माअ‍ोवादीबाट भरतपुरको मेयरमा रेनु दाहाल, अन्यमा पालिकामा को-को छानिए ?

Renu dahal

काठमाडौँ । नेकपा माओवादी केन्द्रले महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाएको छ । माअ‍ोवादी केन्द्रले आफ्नो भागमा परेको एक महानगर र एक उपमहानगरका लागि उम्मेदवारी टुंगो लगाएको हो ।

माओवादीले भरतपुर महानगर मेयरमा रेनु दाहाललाई उम्मेदवार बनाएको छ । यस्तै, ललितपुर महानगरको उपमेयरमा बाबुराज बज्राचार्य उम्मेदवार बनाएको छ ।

यस्तै, माओवादीले जीतपुर सिमरा उपमहानगरको मेयरमा राजन पौडेल र घोराही उपमहानगर मेयरमा हेमराज शर्मालाई उम्मेदवार बनाएको छ ।धनगढी उपमहानगरको उप मेयरमा शान्ति अधिकारी र धरान उपमेयरमा ईन्द्रविक्रम मेघा, सूर्यबहादुर भट्टराई, उद्धबहादुर लिम्बुको नाम टुंग्याएको छ । माओवादीले भोलि दिउँसोसम्म सबै स्थानीय तहका उम्मेदवारको टुंगो लगाइसक्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...