प्रधानमन्त्री देउवा र अमेरिकी संसदीय टोलीबीच बालुवाटारमा भेटवार्ता

Sher bdr deuwa with usa parliment member

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी संसदीय टोलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगेर सिनेटर किस्टर्न जिलिब्रान्डको नेतृत्वको संसदीय टोलीले देउवासँग भेटवार्ता गरेको हो ।

देउवाले ट्विट गर्दै अमेरिकी संसदीय टोलीलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन् । भेटका क्रममा नेपाल र अमेरिकाबीचको सम्बन्धबारे विचारहरू आदानप्रदान गरिएको ट्विटमा उल्लेख छ ।

नेपाल–अमेरिका मित्रता र सरकार, संसद र आम जनतालाई समावेश गरी बहुआयामिक साझेदारी अभिवृद्धि गर्ने उपायबारे विचार आदानप्रदान गरिएको र जलवायु परिवर्तन जस्ता विश्वव्यापी मुद्दामा पनि छलफल भएको प्रधानमन्त्री देउवाको ट्वीटमा उल्लेख गरिएको छ ।चार जना अमेरिकी सिनेटर र एक जना सांसदको टोली शुक्रबार साँझ काठमाडौं आइपुगेको थियो ।

टोलीमा सिनेटरहरू सेल्डन ह्वाइटहाउस (रोड आइल्याण्ड), कोरी बुकर (न्यु जर्सी), मार्क केली (एरिजोना) र प्रतिनिधि सभा सदस्य मोन्डेयर जोन्स (१७ औं कङ्ग्रेसनल डिस्ट्रिक्ट, न्यूयोर्क) छन् । सो टोलीले शनिबार बिहान परराष्ट्र मन्त्री नारायण खड्कासँग भेटेका थिए ।

प्रतिकृया दिनुहोस