सम्बन्धविच्छेदको तयारीमा विल र जाडा ?

Oskar award

काठमाडौं । ओस्कार अवार्डमा कमेडियन क्रिस रकलाई थप्पड हानेपछि विल स्मिथ अझै चर्चामा छन् । तर, यसपटक उनी आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन् ।

मिडिया रिपोर्टका अनुसार विल र उनकी श्रीमती जाडा पिन्केटबीच सम्बन्ध राम्रो चलिरहेको छैन । उनीहरुको सम्बन्धविच्छेदसम्मको खबर आइरहेको छ ।

समाचारका अनुसार विल र जाडाबीच बोलचालसमेत बन्द भएको छ । भनिन्छ, ओस्कर अवार्डमा भएको विवाद नै दुवैको सम्बन्धविच्छेदको कारण बनिरहेको छ । स्रोतका अनुसार विल र जाडाबीच लामो समयदेखि विवाद चलिरहेको थियो । तर ओस्कार अवार्डको घटनापछि यो विवाद गहिरिएको छ । यदि रिपोर्टहरू अनुसार जोडी अलग भएमा जाडाले विलको आधा सम्पत्ति पाउनेछिन् ।

​विल स्मिथको कूल सम्पत्ति हाल करिब ३५० मिलियन डलर रहेको छ । यदि यस्तो भयो भने यो हलिउडको सबैभन्दा महँगो सम्बन्धविच्छेद हुनेछ । यो सम्बन्धविच्छेद ब्राड पिट र एन्जेलिना जोली भन्दा पनि महँगो हुन सक्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...