एमाले सचिवालय बैठक साँझ, केन्द्रीय कार्यालयको बैठक बिहान ११ बजे बस्दै

Cpn uml party ofice

काठमाडौं । स्थानीय तह निर्वाचन केन्द्रित एजेण्डाहरूमाथि छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक सोमबार बस्दै छ ।

साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बोलाइएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । यसअघि सचिवालय बैठक च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्ने भनिएको थियो ।

केन्द्रीय सचिवालयको बैठक बस्नुअघि पार्टी केन्द्रीय कार्यालयको बैठक सोमबार बिहान ११ बजे बस्नेछ । बैठकमा महानगर र उपमहानगरको नेतृत्वका विषयमा पनि छलफल हुने जनाइएको छ ।

रिजालले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीबाट जारी गरिने प्रतिबद्धतापत्र लगायतका विषयमा बैठकमा छलफल हुने जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस