माओवादीद्वारा काठमाडौँमा मेयरमा देव चौलागाईं

Dev

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) ले काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारहरुको सिफारिस गरेको छ । मेयरमा सिफारिस हुनेमा देव चौलागाईं, कुलबहादुर महर्जन, उमेश स्थापित, जमुना बुढाथोकी ६ लगायत जना छन् ।

उपमेयरमा महानगर समितिका अध्यक्ष रविन्द्र श्रेष्ठ, सुशिला पौडेल लगायत सिफारिस भएका छन् । पौडेल यसअघि पनि उपमेयरको उम्मेदवार बनेर १०४४८ मत ल्याएकी थिइन् ।

एमालेले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । मेयरको उम्मेदवारका लागि पूर्वमेयर केशव स्थापित, हालका मेयर विद्यासुन्दर शाक्य तथा पूर्वमन्त्री रामवीर मानन्धर, निर्मल देउला र इन्दिरा पन्त रहेका छन् । कांग्रेसले भने मेयरको सिफारिस गरेको छैन ।

प्रतिकृया दिनुहोस