बिस्काः जात्रामा बुद्धकृष्णले १० इञ्च लामो सुइरोले नवौं पटक जिब्रो छेडे

Biska jatra buddha krishna

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ बोडेमा शुक्रबार जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ । बिस्का जात्राको क्रममा हरेक वर्ष २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ ।

यो पटक पनि भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको बोडेमा मनाइने बिस्काः जात्रामा बुद्धकृष्ण श्रेष्ठले नवौं पटक जिब्रो छेडाएका छन् । बिहीबार जिब्रो छेड्ने स्थल पाचो गणेश पाटीमा जात्राका नाइके नकर्मीबाट ४९ वर्षीय श्रेष्ठले जिब्रो छेडाएका हुन् ।

उनले जिब्रो छेड्नका लागि तीन दिन अघिदेखि केही नखाई व्रत बसेका थिए । श्रेष्ठले व्रत बसेदेखि जिब्रो नछेडेसम्म नुनसमेत खाएका थिएनन् । जिब्रो छेड्ने पाँचौ गणेशको पाटीमा पुगेपछि जात्राका नकर्मी नाइकेले श्रेष्ठको जिब्रो छेडिदिएका थिए ।

एक महिना अगाडिदेखि तयार पारेर तेलमा डुबाएर राखेको फलामको १० इञ्च लामो सुइरो जिब्रोमा छेड्ने गरिन्छ । जिब्रो छेडे लगत्तै बुद्धकृष्णले महादीप बोकेर एक घण्टा नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेका थिए । त्यसपछि जात्राको समापन भएको थियो ।

मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकका रुपमा कार्यरत बुद्धकृष्णले जात्राको निरन्तरा स्वरुप जिब्रो छेडेको बताए । यसपटक आफूले अन्तिम पटक जिब्रो छेड्ने उनले यसअघि नै बताएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...