भुवन घिमिरे उम्मेदवार बनेपछि माओवादी प्रवेश गर्नेको क्रेज: कांग्रेस-एमाले रित्तिदै !

277783643 5075988385820516 7483301441246838974 n

दोलखाको बैतेश्वर ५ मैनापोखरीमा बलियो जनाधार भएका ३ एमाले नेता-कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् । माओवादी प्रवेश गर्नेमा सागर मिजार, विष्णु मिजार र ज्ञानु मिजार रहेका छन् । उनीहरु एमालेको विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएका थिए ।

उनीहरुलाई दोलखा काठमाडौँ सम्पर्क मंचका नेता मिन घिमिरे, माओवादी केन्द्र दोलखाका नेता विश्वास कार्की, पार्टीका बैतेश्वर गाउँ कमिटी सचिव तथा वडा नं ५ का अध्यक्षका उम्मेदवार भुवन घिमिरे, माओवादी केन्द्रका नेताहरु कृष्ण खड्का, सुकदेव घिमिरे लगायतले पार्टी प्रवेश गराएका थिए ।

भुवन घिमिरेले वडा अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि माओवादी प्रवेश गर्ने युवाहरुमा क्रेज बढेको छ । हिजो नै तरुण दलका वडा नं ५ का अध्यक्ष राजेश मिजार माओवादी प्रवेश गरेका थिए भने त्यो भन्दा अघि युवा संघका वडा संयोजक र सह-संयोजक माओवादीमा आएका थिए । घिमिरेले उम्मेदवारी दिने भएपछि उनापनीको सिंगो गाउँ नै माओवादीमा आएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...