वाईसिएलका जिल्ला अध्यक्ष शेर्पा जिरी नगरपालिका वडा नं १ को अध्यक्षमा सिफारिस

001 sange

दोलखाको जिरी नगरपालिकामा उम्मेदवारको नाम सिफारिस हुने क्रम बढेको छ । नेकपा माओवादी (केन्द्र) ले वडा नं १ को अध्यक्षमा युवा नेता साङ्गे शेर्पालाई सिफारिस गरेको छ ।

माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग, नेपाल दोलखा जिल्ला अध्यक्ष तथा पार्टीको जिल्ला समन्वय समिति सदस्य शेर्पालाई सर्वसम्मत रुपमा वडा अध्यक्षमा अघि सारिएको हो ।

शेर्पा २०७४ को स्थानीय निर्वाचनमा झिनो मतान्तरले पराजित भएका थिए । साबिकको श्यामा गाविसका शेर्पा त्यो भेगमा परिचित समाजसेवी हुन् । कांग्रेसका केन्द्रिय सदस्य तथा संघिय सांसद जिपछिरिङ्ग लामाको वडामा माओवादीले आफ्नो संगठन पहिले भन्दा मजबुत भएको शेर्पाले बताए ।

प्रतिकृया दिनुहोस