२०७८ मा कला क्षेत्र : गीत संगीत प्रकाश सपुतको वरिपरी, पल शाह खलनायक पात्र

Kala news

काठमाडौं । नयाँ वर्ष शुरु भइसकेको छ । नयाँ वर्ष लाग्नुअघि अर्थात् २०७८ साल नेपाली कला संगीत र फिल्मी क्षेत्रका लागि खासै उत्साह प्रद रहेन । अर्थात् वर्ष २०७८ नेपाली मनोरञ्जन क्षेत्रका लागि लाभदायक सिद्ध हुन सकेन ।

कोरोनाले फिल्म निर्माण, छायाङ्कनमा मात्र असर गरेन, यसले गीतसंगीतको क्षेत्रमा पनि धक्का दियो । मेला, महोत्सवदेखि देश विदेशका स्टेज शो जस्ता मनोरञ्जनका गतिविधि समेत प्रभावित हुँदा गायक गायिकादेखि फिल्मी कलाकारसम्म आर्थिक चपेटामा परे ।

वर्षको सुरुवातसँगै म्युजिक भिडियोको सबैभन्दा ब्यस्त नायकको रुपमा चिनिएका पल शाह वर्षको करिब अन्त्यतिर खलनायकको रुपमा देखा परे । म्युजिक भिडियोको आम्दानीले मिडियामा निरन्तर छाइरहेका उनी नाबालिका बलात्कार काण्डमा कारागार समेत पुगे । कलाक्षेत्रकै वदनाम झैं देखिएको यो घटना वर्ष भरिकै ठुलो चर्चित घटनाको रुपमा आयो ।

त्यस्तै गायक दुर्गेश थापा पनि बर्षभरि मिडिया छाइरहे । पल प्रकरणमा समेत मुछिएका थापाको ‘पैसा’ र ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ गीत विवादका वीच चर्चाको कारण बन्यो । गीतका कारण उनी लोकदोहोरी गीत प्रतिष्ठानको बहिष्कारमा समेत परे ।

गीतकै कारण गायक प्रकाश सपुतले पनि राम्रो चर्चा बटुले । सपुतले ल्याएको ‘पीर’ गीतको विवाद चर्चाको बिषय बन्यो । विवादित गीतले राम्रो आम्दानी गरेपछि उनले गीत सच्याएर विवादको बिट मारे ।

अक्सर नेपाली कला क्षेत्रका ब्यक्ति प्रेम र सम्बन्धको गसिपले चर्चामा छाउँछन् । २०७८ मा पनि कलाकारको प्रेम, सम्बन्ध र काम नै चर्चाको बिषय बनिरह्यो । फिल्म क्षेत्रका महानायक राजेश हमाल, एक्सन स्टार निखिल उप्रेती, मेघास्टार अनमोल केसी, सुपरस्टार प्रदीप खड्का गुमनाम जस्तै रहे । सबैभन्दा बढी मिडियामा अभिनेता पल शाह, गायिका समिक्षा अधिकारी, गायक दुर्गेश थापा, प्रकाश सपुत, अभिनेत्री बर्षा शिवाकोटी, नम्रता श्रेष्ठ, पूजा शर्मा लगायत छाए ।

अभिनेत्री बर्षा शिवाकोटी पनि केही न केही कारणले बर्षभरि चर्चामा रहिरहिन् । अभिनेता राज कटुवालसँगको प्रेम, रजतपट कार्यक्रमसँगको विवाद र हरियो रङको स्वीमसुट तस्विर लगायत गसिप उनको चर्चाको कारण बन्यो । उनको बिकनी तस्विरमा नकारात्मक कमेन्टको बर्षा नै भयो ।

अभिनेत्री नम्रता सापकोटा विवाह नगरी आमा बन्ने अभिव्यक्तिको कारण चर्चाको बिषय बनिन् भने अर्की अभिनेत्री पूजा फिल्म चलाउन रोएको र पल शाहबाट पीडित नावालिका गायिकालाई गाली गरेको कारण मिडियादेखि सर्वसाधारणसम्मको निशानामा परिन् ।

दुई संगीतकार महेश खड्का र वसन्त सापकोटा गीत चोरी विवाद तथा गायिका रचना रिमाल समेत अञ्जु पन्तको पुरानो गीत ‘नबिर्से तिमीलाई’ नयाँ भर्सनका गाएका कारण चर्चाको बिषय बने ।

कोरोनाको तेस्रो लहरसँगै सुरु भएको वर्ष २०७८ मा नेपाली फिल्मले बक्स अफिसमा कुनै कमाल देखाउन सकेन । नेपाली बक्स अफिसमा कोरोनाले डराएको दर्शकलाई हलसम्म फर्काउने काम बलिउड फिल्मले गर्यो । वर्षको सुरुमै ठप्प हुन पुगेको फिल्म क्षेत्र मध्यान्तरमा आएर चलायमान त बन्यो । तर यसको फाइदा नेपाली फिल्मलाई भन्दा पनि विदेशी फिल्मलाई भयो । त्यसले नेपाली फिल्मले अस्तित्वको लडाइँ लड्नुपर्ने स्पष्ट बाटो देखाएको छ ।

गत असोजमा प्रदर्शनमा आएको फिल्म ‘डाँडाको वरपिपल’देखि वर्षको अन्तिम अर्थात् चैत्र २५ शुक्रबार प्रदर्शनमा आएको ‘मैले आइ लभ यू भन्न नै सकिन’सम्म आउँदा १३ वटा नेपाली फिल्म प्रदर्शनमा आए । फिल्म ‘कठपुतली’ र ‘म यस्तो गीत गाउँछु’ ले लगानीको केही प्रतिसत सुरक्षित गर्न सके पनि अन्य फिल्मको लगानी बालुवामा पानी झैं भयो ।

प्रदर्शित ‘डाँडाको वरपिपल’, ‘धुम ४’, ‘ओभरडोज’ ‘चुरीफुरी’, ‘कठपुतली’, ‘सकिन भुल्न तिमीलाई’, ‘चपली हाइट–३’, ‘म यस्तो गीत गाउँछु–२’, ‘लप्पन छप्पन–२’, ‘आकाशे खेती’, ‘चिसो एस्ट्रे’, ‘हेल्लो जिन्दगी’ र ‘मैले आई लभ यू भन्नै सकिनँ’ यी १३ फिल्मले करोडौँ त डुबाए नै । फिल्मले कथा, निर्माण भेराइटी मार्फत् दर्शक आकर्षित गर्न नसक्नु अर्को दुर्भाग्य रह्यो । फिल्म नचल्नुको कारण हलको शो र विदेशी फिल्म चर्चा गरिएपनि वास्तविकता भने मेकरको नियतमा थियो । उनीहरूको नसुध्रिएको फिल्म निर्माण शैली, कथा बुन्ने तौरतरिका र दर्शक झुक्याउने प्रचार विगतका वर्ष झैं थिए ।

यी १३ फिल्मले करिब ६ देखि ७ करोड डुबाएको निर्माता तथा वितरक गोपाल कायस्थ बताउँछन् । यी सबै प्रदर्शित फिल्मले करिब २ करोड माथि मात्र बक्स अफिस कलेक्सन गर्न सकेको उनको भनाई छ । यो भीडमा ‘कठपुतली’ र ‘चिसो एस्ट्रे’ का मेकरले केही आस देखाउने प्रयत्न भने गरे । तर त्यसमा ह्युमरस मिसाउन नसक्दा प्रयत्न असफल भयो ।

प्रदर्शनमा १३ फिल्म आए पनि चलचित्र विकास बोर्डको प्रदर्शनका लागि लिएको सेन्सर अनुमति तथ्याङ्कले भने २६ फिल्म देखाउँछ । सेन्सर सिफारिसका आधारमा सबै फिल्म रिलिज भएका मान्न नमिल्ने बोर्ड अध्यक्ष दयाराम दाहाल बताउँछन् । सेन्सर गरेर पनि विभिन्न कारणले फिल्म रिलिज नभएका कारण पनि प्रदर्शन फिल्म र सेन्सर सिफारिसमा मेल नभएको दाहालको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...