अनुभवी र काबिल आईजीपीको पर्खाईमा सशस्त्र प्रहरी

Fb img 16076187360022006831156726392684


सशस्त्र प्रहरी बलमा एआईजी बढुवाको प्रक्रिया अघि बढेको छ । सशस्त्रका नवनियुक्त महानिरीक्षक पुष्पराम केसीले बुधबार सांझ रिक्त एआईजीको दरबन्दीमा बढुवाको प्रक्रिया अघि बढाएका हुन्। बढुवाको लागि तीन दिनको समय दिइएको छ । एआईजीका लागि डीआईजीहरु चन्द्रप्रकाश गौतम, राजु अर्याल र नारायणदत्त पौडेल प्रतिस्पर्धामा छन् । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले अवकास पाएपछी सरकारले केसीलाई बुधवार महानिरीक्षमा नियुक्त गरेको थियो । केसी १९ दिनका लागि मात्रै सशस्त्र प्रहरी महानिरीक्षक बनेका हुन् । केसीले पनि वैशाख १९ गते उमेर हदका कारण अनिर्वाय अवकास पाउनेछन् ।

केसीसँगै एआइजी रामशरण पौडेल पनि अवकाशमा जानेछन् । १९ दिनपछि सरकारले तीन जना डीआईजीबाट आईजीपी बनाउनेछ । सशस्त्र प्रहरी नियमावलीमा एआइजीबाट मात्रै आईजीपी नियुक्त गर्न सकिने प्रावधान छ । बैशाख १९ गते बन्ने सशस्त्र प्रहरीको आईजीपीको कार्यकाल ४ वर्षको हुनेछ ।

सशस्त्र प्रहरी बलको विभिन्न ठाउँमा कमाण्ड गरेको अनुभव अर्यालसँग छ । सशस्त्र प्रहरी बल मुख्यालय मानव स्रोत विभाग, सीमा सुरक्षा, प्रदेश–२ बाहिनी, उपत्यका बाहिनीको कमाण्ड उनले सम्हालिसकेका छन् ।

शान्ति मिसनमा खटिँदा युद्धग्रस्त देश लाइबेरियामा अप्रेसन कमाण्ड, साउथ सुडान र एसएसपी हुँदा सुडानमै खटिँदा उल्लेख्य काम गरेको अनुभव उनीसँग छ । अर्याल सशस्त्र प्रहरी बलका प्रवक्तासमेत भएका थिए । सशस्त्र प्रहरी बलका विभिन्न ठाउँमा कमाण्ड सम्हालेका पौडेलसँग ५ नम्बर विन्ध्यवासिनी बाहिनी र मुक्तिनाथ बाहिनी पोखरा प्रमुखको जिम्मेवारी सम्हालेको अनुभव छ ।

साहित्यकार समेत रहेका नेपाली सेनाबाट सशस्त्रमा प्रवेश गरेका अधिकारीहरूमध्ये गौतम मात्र एक्ला बहालवाला अधिकारी हुन्, भारतको देहरादुनबाट सैनिक तालिमसमेत पूरा गरेका छन् । रसायनशास्त्रमा (एमएस्सी) गरेका उनी सशस्त्र प्रहरी बलमा रहेर विभिन्न कमाण्ड सम्हालिसकेका छन् । उपत्यका बाहिनी र सशस्त्र प्रहरी बल प्रदेश–२ को प्रमुखको जिम्मेवारी निभाएको अनुभव उनीसँग छ । गौतमसँग सुडान र पूर्वी टिमोरमा सुरक्षा प्रमुख बनेर चुनाव गराएको अनुभव छ, नेपालमा स्थानीय चुनावको मुखैमा हुने आईजीपी बढुवामा सरकारले उनको विज्ञता प्रयोग गर्न सक्छ ।

ताप्लेजुङको विकट खेवांग गाउँमा जन्मिएका गौतमको हुर्काई भने तेह्रथुमको आठराईमा भयो। करिव ५ वर्ष नेपाली सेनामा बिताएपछि संयुक्त राष्ट्रसंघको शान्ति सेनाका रुपमा पहिलोपटक पूर्वी टिमोरमा शान्ति स्थापानार्थ उडेका गौतमसंग मिलिसियासँगविरुद्धको अभियानमा फिल्ड कमान्डरका रुपमा जिम्मेवारी पुरा गर्दै त्यहाँका जनतालाई सुरक्षा प्रदान गरेको अनुभव छ।

दोस्रो पटक उनी २००२ मा इराक पुगेका थिए। तर अमेरिकाले इराकमा हमला गर्ने भएकाले ७ महिना बसेर ‘एभाकुएसन’ भएर साइप्रस हुँदै नेपाल फर्किए। तेस्रोपटक २००७ मा उनी पूर्वी टिमोर पुगेर दुई वर्ष राष्ट्र संघीय पुलिसको महत्वपूर्ण जिम्वेवारी पूरा गरेर फर्किए।चौथो पटक सन् २०१० मा सशस्त्र प्रहरी बलको फर्म्ड पुलिस कमान्डरको रुपमा उनी लाइबेरिया पुगे।

पाँचौ मिसनका रुपमा उनी संयुक्त राष्ट्र संघको मुख्यालयले संचालन गर्ने ग्लोबल प्रतिस्पर्धामा राष्ट्र संघको छनौटमा परि सुडानस्थित डार्फरको चिफ अफ अपरेसन भई बसे।राष्ट्र संघ अन्तर्गत काम गर्ने शिलशिलामा उनी विश्वका ७२ देश पुगेका छन्। विदेशमा समेत चुनाव गराएको, विभिन्न देशमा पुलिसिङ्ग गरेका गौतम जत्तिको अनुभवले खारिएका अफिसर सशस्त्रले सायदै पाउँछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...