माओवादीमा पठायो विषेश सर्कुलर, के छ विषेश सर्कुलरमा ?

Prachanda 2

काठमाडौं । सत्ता गठबन्धनमा चुनावी तालमेलको मापदण्ड र आधार तय भएपछि नेकपा माओवादी केन्द्रले पार्टी पंक्तिमा विशेष सर्कुलर पठाएको छ ।

पाँच दलीय सत्तारुढ गठबन्धनको मंगलबारको बैठकले स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेको थियो । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले गठबन्धनभित्र मात्रै तालमेल गर्ने र अन्य दलहरूसँग गठबन्धन नगर्ने निर्णय गरेको थियो । सो निर्णयअनुसार गठबन्धनभित्र सिट बाँडफाँटका आधारहरू र मापदण्ड पनि तय गरिएको थियो ।

पार्टी अध्यक्ष प्रचण्डले बुधबार बालुवाटारमा भएको सहमतिपत्रसमेत संलग्न गरेर पार्टी पंक्तिमा सर्कुलर भएको छ । जुन सहमति तथा निर्णय कार्यान्वयन गर्न तथा गराउन प्रचण्डले निर्देशन दिएका छन् ।

पाँच दलीय गठबन्धनका बीच सीट बाँडफाँड देहाय बमोजिमको संयन्त्रले गर्ने भनिएको बुँदा नम्बर २ को हकमा जिल्ला स्तरीय संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने कुरा उल्लेख गरिएको सर्कुलरमा भनिएको छ ।

‘हाम्रो पार्टीबाट संयन्त्रमा पालिकास्तरमा सम्बन्धित पालिकाका इन्चार्ज र अध्यक्ष सहभागी हुने । जिल्ला स्तरीय संयन्त्रमा जिल्ला इन्चार्ज र संयोजक सहभागी हुने र प्रदेश स्तरीय संयन्त्रमा प्रदेश इन्चार्ज र अध्यक्ष सहभागी हुने’, सर्कुलरमा भनिएको छ, ‘जिल्ला संयन्त्रको बैठकमा आवश्यकता अनुसार पालिका इन्चार्ज र अध्यक्षलाई आमन्त्रण गर्ने ।’

त्यसैगरी प्रदेशस्तरीय संयन्त्रको बैठकमा आवश्यकता अनुसार जिल्ला इन्चार्ज र संयोजकलाई आमन्त्रण गर्न पनि भनिएको छ । अन्य सबै कार्यहरु ५ दलीय गठबन्धनको ७ बुँदे आधारहरू र सिट बाँडफाँड सम्बन्धि ६ बुँदे निर्देशन अनुसार गर्न प्रचण्डले निर्देशन दिएका छन् ।

प्रतिकृया दिनुहोस