माओवादीले दोलखाका ७ स्थानीय तहको उम्मेदवार टुङ्गो लगायो

Maoist dolakha

दोलखा । नेकपा माओवादी केन्द्रको दोलखा जिल्लाका ९ स्थानीय तहमध्ये सात स्थानीय तहको उम्मेदवार टुङ्गो लगाएको छ। दोलखाका ७ गाउँपालिका र दुई नगरपालिकामध्ये माओवादीले दुई गाउँपालिका मात्रै टुङ्गो लगाउन बाँकी छ ।

माओवादीले जिरी नगरपालिका मेयरमा गेल्बु शेर्पा उपमेयरमा रसी तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी केन्द्रीय सदस्य एवम् दोलखा इन्चार्ज देवी खड्काले बताइन् । पार्टीको निर्वाचन कमिटीबाट टुङ्गो लगाएको खड्काले बताइन । यस्तै भीमेश्वर नगरपालिका मेयरमा हिमबहादुर श्रेष्ठ,सुन्दर केसी, भूमिराज चौलागाई र कमला कार्कीको नाम सिफारिस भएको छ । उपमेयरमा रानु श्रेष्ठ र भूमिका तामाङको नाम सिफारिस भएको छ। भुमेश्वर नगरपालिका मेयर र उपमेयरमा सर्वसम्मत हुन नसकेपछि धेरै जनाको नाम सिफारिस भएको छ ।

कालिन्चोक गाउँपालिका अध्यक्षमा कुलबहादुर बुढाथोकीको मात्रै नाम सिफारिस भएको छ। उपाध्यक्षमा सपना तामाङ,डोल्मा थामी र शान्ति कार्कीको नाम सिफारिस भएको छ । वैतेश्वर गाउँपालिका अध्यक्षमा लक्ष्मण खड्का र तामाकोसी गाउँपालिका अध्यक्षमा सन्तोष केसीको नाम सिफारिस भएको छ । वैतेश्वर र तामाकोसी गाउँपालिका उपाध्यक्षको नाम आगामी शुक्रबारसम्म टुङ्गो लाग्ने भएको छ ।

यस्तै गौरशंकर गाउँपालिका अध्यक्षमा विश्वास कार्की, छिरिङ शेर्पाको नाम सिफारिस भएको छ। यस्तै उपाध्यक्षमा निमलेखी शेर्पा र मधुरा कार्कीकोको नाम सिफारिस भएको छ । विगु गाउँपालिका अध्यक्षमा सञ्जीव ओलीको मात्रै नाम सिफारिस भएको छ। उपाध्यक्षको नाम भने शुक्रबारसम्म टुङ्गो लाग्ने बताएको छ । सैलुङ मेलुङ गाउँपालिकाको भने अध्यक्ष र उपाध्यक्ष दुवैको टुङ्गो लाग्न सकेको छैन । दोलखा जिल्लाका सबै स्थानीय तहका उम्मेदवारको वैशाख १ गतेसम्म टुङ्गो लगाइ सक्ने जिल्ला इन्चार्ज खड्काले बताइन् ।

‘स्थानीय तहमा उठ्ने उम्मेदवारको जिल्लाले हस्तक्षेप गरेको छैन। सम्बन्धित पालिकाले कतै सर्वसम्मत कतै एक भन्दा बढीको नाम सिफारिस गरेका छन्’ खड्काले भनिन्‘उम्मेदवारी दिने बेलासम्म सबै उम्मेदवारको नाम फाइनल हुन्छ’ यदि पाँच दलीय गठबन्धन हुने अवस्थामा पार्टीको निर्देशन सबैले मान्ने गरी फिर्ता लिने गरी नाम सिफारिस भइरहेको बताइन् ।‘

अहिले पार्टीको तर्फबाट उम्मेदवार फाइनल गरी राखेका छौ । चुनावी तालमेल दोलखामा कसरी हुन्छ टुङ्गो लागेको छैन’ खड्काले भनिन्, ‘यदि तालमेल गर्दा नाम फिर्ता लिनु पर्ने अवस्था भएमा फिर्ता लिने गरी उम्मेदवार टुङ्गो लगाएका छौँ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...