पाँच दलको अपिल– ‘सबै मतभेदलाई पन्छाएर एक अर्कालाई सहयोग गरौं’

Satta gathabandha

काठमाडौं । सत्तारुढ पाँच दलले स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न पार्टीका नेता कार्यकर्तालाई आहृवान गरेका छन् । तालमेलको मोडालिटीबारे टुंगो लगाउन नसकिसकेका बेला सोमबार बसेको शीर्ष नेताहरुको बैठकले तालमेल गरेर अघि बढ्ने घोषणा गरेका छन् ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठकपछि कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्तरुपमा अपिल जारी गर्दै हिजोका सबै मतभेदलाई पर पन्छाउँदै चुनावमा एक अर्कालाई निरन्तर सहयोग गर्ने प्रण गरेका छन् ।

पाँच दलले नयाँ संविधान जारी भएसँगै मुलुक नयाँ युगमा प्रवेश गरेपनि त्यस्तो परिवर्तन नचाहने शक्तिहरूले षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । पाँच दलले स्थानीय तह चुनावमा उत्साहजनक सहभागितासहित सफल पार्न र पाँच दलीय गठबन्धनका उमेदवारहरुलाई अमूल्य मत दिई विजयी गराउन आग्रह गरेका छन् ।

पाँच दलले नयाँ संविधान जारी भएसँगै मुलुक नयाँ युगमा प्रवेश गरेपनि त्यस्तो परिवर्तन नचाहने शक्तिहरूले षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

गठबन्धनले १७ चैतको बैठकमै आगामी चुनावमा तालमेल गर्ने निर्णय गरेको थियो । चुनावी तालमेल कसरी गर्ने भन्ने मोडालिटी तयार गर्न मंगलबार दिउँसो ४ बजे गठबन्धनको अर्को बैठक बोलाइएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

‘नयाँ संविधान जारी भएसँगै मुलुक नयाँ युगमा प्रवेश गरेको छ । समावेशिता, गणतन्त्र र स्थायित्वको दिशामा मुलुक अगाडि बढेको छ । तर पनि परिवर्तनलाई आत्मसात गर्न नसक्ने र नचाहने कतिपय शक्तिहरु यो परिवर्तनको विरुद्ध अझै पनि षडयन्त्र गरिरहेक छन् भन्ने कुराको उदाहरण देशको संविधानको उल्लंघन गर्दै संसद माथि निरन्तर प्रहार, अदालत उपर खेलवाड र संवैधानिक अंगहरुमा पैदा गराईएको बेथितिले स्पष्ट पारेको छ,’ वक्तव्यमार्फत् पाँच दलले भनेका छन्, ‘यो भनेको अहिलेको लोकतान्त्रिक परिवर्तनलाई उल्टाउने दुस्प्रयास हो ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...